logo
  • शनिबार, भाद्र २० २०८३

वनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि कलाकारहरु कतार आइपुगे


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
“गुल्मी सेवा समाज कतारले गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृति सहयोगार्थ आयोजना गरेको आठौ वनभोज तथा साँस्कृतिक कार्यक्रमको लागि कलाकार कतार आइपुगेका छन । साथै समाजका अध्यक्ष झबिन्द्र आचार्यका बुवा आमा पनि केहि दिनको भ्रमणका लागि कतार आइपुग्नु भएको छ।
समाजको निमन्त्रणामा वरिष्ठ लोक तथा दोहोरी गायक बम बहादुर कार्की, लोक तथा दोहोरी गायक दिपक परियार र लोक तथा दोहोरी गायिका सरिता कार्की कतार आइपुगेका हुन् ।
समाजका अध्यक्ष झबिन्द्र आचार्य, उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार अविरल, उपाध्यक्ष मित्र वि एस, सचिव कमल अर्याल, कोषाध्यक्ष सुरज बोहोरा, प्रमुख सल्लाहकार बुद्ध पाण्डे, सल्लाहकार विजय बस्नेत,संरक्षक शिव खड्का, महिला संयोजक मिना खड्का तथा कार्यसमितिका पदाधिकारीहरु, पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार ईश्वर काफ्ले, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष विष्णु खड्का, दाङ्ग देउखुरी सेवा समाजका प्रमुख सल्लाहकार बसन्तराज पुरी, राजन चापागाई लगायतले कलाकारहरुलाइ स्वागत का लागि हमाद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए ।
समाजले कतारको सहानिया स्थित अल दोसरी जु पार्कमा २८ फेब्रुअरी २०२० का दिन आयोजना गरेको आठौ बनभोज तथा साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। गुल्मी सेवा समाज कतारले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने एउटा छुट्टै किसिमको कार्यक्रमको आयोजना गरेको उल्लेख गरिएको छ ।

कार्यक्रमका लागि पूर्ण तयारीका साथ कतार आइपुगेका कलाकारहरुले उपस्थित दर्शक श्रोताहरुलाई आफ्ना फरक खालका साँगितिक प्रस्तुतीहरुले भरपुर मनोरञ्जन प्रदान गर्ने बताए । सोहि दिन कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भईदिन पनि कलाकारहरुले आग्रह गरे ।

कतारमा रहेका नेपालीहरु एवम विशेष गरी गुल्मेलीहरुलाई उक्त कार्यक्रममा उपस्थित गराउने, कतारमा रहेका नेपालीहरु बिच भेटघाट तथा प्रदेशमा रहेपनि स्वदेशी परीकारहरुको खानपान साथै विविध साँस्कृतिक प्रस्तुतिहरुले स्वच्छ मनोरञ्जन प्रदान गर्ने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रम संयोजक कुमार अविरल पन्थीले जानकारी दिए ।

कार्यक्रमबाट हुन् आउने नाफालाई समाजले संचालन गरेको छात्रवृति अभियानमा समावेस गराई जिल्लाका सबै नगरपालिका तथा गाउपालिकामा रहेका विद्यालयहरुमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि वितरण गर्दै आएको छात्रवृति वितरण कार्यक्रमलाइ निरन्तरता दिने समाजका अध्यक्ष झविन्द्र आचार्यले बताए ।

कतारमा रहनु भएका गुल्मेली एवम गैर गुल्मेलीहरुले उक्त कार्यक्रममा सहभागी हुन् पाउने छन । कार्यक्रम स्थलमा जान आउनको लागि विभिन्न  ठाउँबाट यातायातको समेत व्यवस्था गरीएको छ। सनैया ग्राण्डमल, अलअत्तिया, दोहा तलवार गेट र मुन्ताजा पार्कबाट बिहान ९ बजे एकैसाथ गाडी छुट्ने भएका छन् । कतारको साहनिया स्थित अलदोसरी जु पार्कमा आयोजना गरीएको कार्यक्रम स्थानीय समय अनुसार बिहान ११ बजेबाट सुरु हुनेछ ।

आठौ वनभोज तथा साँस्कृतिक कार्यक्रम (प्रोमो)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend