logo
  • शनिबार, साउन ३० २०८३

मुसिकोट नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड भोलि देखि सुरु हुँदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सागर भण्डारी, गुल्मी फाल्गुण १४।
मुसिकोट नगरपालिका नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता भोलि देखि सुरु हुँदैछ।

फाल्गुण १५, १६ र १७ गते तीन दिन आयोजना गरिएको प्रतियोगीताको भोलि मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्ने बताईएको छ।

मुसिकोट नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं ६ ग्वादिकाचौर खेल मैदानमा प्रतियोगीता हुने समितिका सयोंजक विमल छन्त्येलले जानकारी दिनुभयो। भोलि उद्घाटन सत्रको कार्यक्रममा सट पुट छात्र छात्रा, छात्रा कबड्डी र १५०० मिटर दौड छात्र छात्राका खेलहरु हुने उहाँले बताउनुभयो।

प्रतियोगितामा भलिबल,एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, हाई जम्प, लङ्ग जम्प, त्रिपल जम्प, ज्याभलिन थ्रो, सट पुट, रिले दौड लगायतका खेलमा प्रतिस्पर्धा हुनेछ। खेलमा मुसिकोट नगरपालिका भित्र रहेका विद्यालयहरुको सहभागीता रहने छ । समग्र खेलमा प्रथम हुन सफल समुहलाई नगद रु. १५०००, रनिङ्ग शिल्ड ट्रफि, प्रमाण पत्र, द्वितीय हुन सफल समुहलाई नगद रु १० हजार ट्रफि र प्रमाण पत्र तथा तृतीय हुने समुहलाई नगद रु ७ हजार ट्रफि र प्रमाण पत्र सहित सम्मान गरिने बताईएको छ।

“>त्यस्तै भलिवल, कवड्डि र एथ्लेटिक्स तर्फ उत्कृष्ट खेलाडि पनि पुरस्कृत र सम्मान गरिने छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend