logo
  • शनिबार, कार्तिक २२ २०८३

सुर्योदय बहुउद्देश्यीय सहकारी सस्थाको साधारण सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी फागुन १३ ।

सुर्योदय कृषि तथा पशु बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड धुर्कोट गाउँपालिका १ नयाँगाउको प्रथम साधाहरण सभा सम्पन्न भएको छ ।गत श्रावण महिनावाट सुरू गरिएको सस्थामा २ सय ११ जना सेयर सदस्य रहेका छन्। सभाको पुर्व मन्त्री गुल्मी क्षेत्र नं २ का साम्सद गोकर्ण विष्टले उद्घाटन गरे । सोहि अवसरमा बोल्दै बिष्टले सहकारी संचालन गरेर मात्र नहुने भएकालेे उत्पादनमा जोड दिनुपर्ने बताए। त्यस्तै बिशेष अतिथि धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पाख्रेलले उत्पादनमा जोड दिने सहकारी सस्थालाई गाउँपालिका बाट अनुदान प्रदान गर्न आफू सधै आतुर रहेको बताए । प्रथम साधारण सभामा यस सस्थाको प्रगति तथा ४ लाख ३७ हजार १ सय ९२ रुपैयाँ बरावरको आर्थिक प्रतिबेदन प्रस्तुत सस्थाका अध्यक्ष चेतमान कुँवरले प्रस्तुत गरेका थिए । तदर्थ समितिका अध्यक्ष चेतमान कुवँरका अध्यक्षता रहेको सभामा पुर्ब मन्त्री गोकर्ण बिष्टको प्रमुख आतित्थता, ने क पा जिल्ला कमिटि सचिवालय सदस्य नारायण पोख्रेल, नेकपा जिल्ला सचिवालय सदस्य चन्द्र वि क, नेकपा जिल्ला कमिटि सदस्य तथा धुर्कोट गाउँकमिटि अध्यक्ष गोपाल कुवँर, जिल्ला कमिटि सदस्य तथा धुर्कोट गाउँकमिटि सचिव चन्द्र सुनार, जिल्ला कमिटि सदस्य महेन्द्र बि सी, धुर्कोट गाउँपालिका वडा नं १ वडा अध्यक्ष कमल थापा, वडा सदस्य देव वहादुर पाण्डे, साना किसान महिला कृषि सहकारी अध्यक्ष कविता बिक, नेकपा वडा कमिटि अध्यक्ष डिल वहादुर खत्री लगाएतको आतित्यथा रहएको थियो ।

सभाले चेतमान कुवँरको अध्यक्षतामा ९ सदस्य रहेको सन्चालक समिती, लिल बहादुर जिसीको संयोजकमा ५ सदस्य ऋण परिचालन समिति, हरि पोख्रेलको संयोजकत्वमा तिन सदस्य लेखा समिति, मधु खत्रीको संयोजकत्वमा सात सदस्य सल्लाहाकार समिति, केशव केसीको संयोजकत्वमा पाचँ सदस्य शिक्षा समिति र पिताम्वर कोइरालाको संयोजकत्वमा तिन सदस्य अनुगमन समिति गठन भएको सस्थाका कोषाअध्यक्ष नारायण जिसिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend