logo
  • शनिबार, भाद्र २० २०८३

मलेसियाका प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

बाबुराम थापा,मलेशिया १३ ।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार दिउँसो महाथिरले राजदरबारमा आफ्नो राजीनामा पत्र बुझाएका मलेसियाको प्रधानमन्त्री कार्यालयले पृष्टि गरेको छ ।

यसै सातादेखिको राजनीतिक खिचातानी र शक्ति संघर्षपछि ९४ वर्षीय महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न पदबाट राजीनामा दिएका जनाइएको छ । योसँगै महाथिरको सत्तारुढ दल वर्तमान गठबन्धनबाट बाहिरिएको छ ।

सन् २०१८ को निर्वाचनमा महाथिर र अनवर इब्राहिमको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएपछि तत्कालीन प्रधानमन्त्री नजिव रजाक सत्ताच्युत भएका थिए । यसपछि गठबन्धनकातर्फबाट प्रधानमन्त्री बनेका महाथिर र इब्राहिमबीच पछिल्लो समय खिचातानी र शक्तिसंघर्ष बढन थालेपछि महाथिरले राजिनामा दिएको जनाइएको छ ।

यसअघि महाथिर सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका थिए । चौथो प्रधानमन्त्रीका रुपमा २२ वर्ष मलेसियाको नेतृत्व गरेका महाथिरले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend