logo
  • शनिबार, भाद्र २० २०८३

रामेछाप दोहा सम्पर्क समाजको पाँचौ अधिवेशनबाट पुन अध्यक्षमा तामाङ्ग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
प्रवासी रामेछापको आवाज सव्य समाज निमार्णको प्रयास भन्ने मूल नाराका साथ गत २१ फेब्रुअरी २०२० का दिन रामेछाप दोहा सम्पर्क समाजले पाँचौं अधिवेशनबाट समाजको नयाँ नामाङ्गरण (रामेछाप सेवा समाज कतार २०२०) शंसोधन गर्दै अधिवेशन सु–सम्पन्न गरेको छ।
कार्यक्रमको समाजका अध्यक्ष ललित कुमार तामाङ्गको सभापतित्वमा प्रमुख अतिथी प्रदेश नं. ३ समन्वय समितिका अध्यक्ष समीर खत्री, रहनुभएको थियो । गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष उत्तम गुरुङ्ग, कतार नेपाली एकता समाजका सचीव विष्णु थापा, महीला समाजका का.बा अध्यक्ष अमिना खान, बाग्लुङ्ग सेवा समाज अध्यक्ष सन्तोष पौडेल, नुवाकोट सेवा समाज का.बा अध्यक्ष रामहरी अधिकारी, सिन्धुली सेवा समाजका अध्यक्ष नरेश सिंजाली मगर, मगर संघ कतारका अध्यक्ष विजय कुमार मगर, नेपाल प्रवासी तामाङ्ग समाज कतारका द्धितीय उपाध्यक्ष कमारी बम्जोन तामाङ्ग, मेन्दोमाया समाज कतारका का.बा अध्यक्ष गौतम तामाङ्ग, अर्घाखाँची सेवा समाजका उपाध्यक्ष विष्णु कुँवर लगाएतले समाजले गरेका सामाजिक कार्यहरुको प्रशंसा गर्दे नयाँ कार्यसमितिलाई अग्रिम शुभकामना मन्तव्य राख्नुुभएको थियो ।
समाजलाई विभिन्न समय समाजप्रती निकै चासो राख्दै आफुले सकेको सहयोग गर्नु भएका दोहा पुलस स्कोपका प्रबन्धक आशीस तिवारी, समाजसेवी सुर्य भण्डारी, सगरमाथा मो.मो सेन्टरका प्रबन्धक राज विक्रम श्रेष्ठ, र बुद्धिराज तामाङ्गलाई समाजले उच्च मुल्यांकन गर्दै स–सम्मान सहित कदरपत्र प्रदान गरिएको थियो ।

समाजको प्रथम उपाध्यक्ष उद्धव मगरले जिल्लाको विशेषता बारे प्रष्ट पार्नुभएको थिए । यसै क्रममा संस्थाको कार्यप्रगती प्रतिवेदन सचिव निर्मल नेवा खडगीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष निर बहादुर मगरले प्रस्तुत गर्नुभएको थियो ।उपस्थिती रहेको कार्यक्रममा यसै समाजका महासचिव नर बहादुर तामाङ्गको सञ्चालनमा रहेको पहिलो शेसनको कार्यक्रम कार्यक्रमलाई हलमा उपस्थित सम्पूस्र्णलाई यसै समाजका सदस्य एवं विधान शंसोधन समितिका आशीस मोक्तानले शब्दबाट स्वागत गर्नु भएको थियो ।

अन्तमा यस कार्यक्रमका सभाअध्यक्ष ललित कुमार तामाङ्गले आफ्ना शब्दहरु राख्दै पहिलो शेसनको कार्यक्रम समाप्त भएको घोषणा गर्दै पुरानो समिति विघटन भएको उद्धघोष पश्चात नयाँ समितिमा २ सदस्यको पदपुर्ती गर्नेगरी १५ जनाको पूर्ण समिति गठन भएको छ ।

जसमा : अध्यक्ष ललित कुमार तामाङ्ग, प्रथम उपाध्यक्ष निर बहादुर मगर, द्धितीय उपाध्यक्ष रविचन्द्र कार्की, महासचिव नर बहादर तामाङ्ग, सचिव–निर्मल नेवा खडगी, कोषाध्यक्ष आशीस मोक्तान घिसिङ्ग, सह–कोषाध्यक्ष–शुभराज सुनुवार, सदस्यहरुमा विन्दा खत्री पौडयाल, रेणुका लामा, विनिता घिसिङ्ग, अञ्जु मोक्तान, अशोक बल तामाङ्ग, अजय लामा तामाङ्ग, रहेको छ ।

नव निर्वाचित नयाँ टिमलाई संस्थाका पुरानो र अनुभवी जस्तोसुकै आरोह अवरोह आइपरे पनि संस्थाप्रति लगनशील र वफादार रहि सिपाही भएर अटल एकरुपताका साथ निरन्तर आगाडी बढ्नको प्ररित गरोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend