logo
  • शनिबार, कार्तिक २२ २०८३

खेलकुद तथा साँस्कृतिक कार्यक्रम संरक्षण तथा सञ्चालनमा सामाजिक क्लवहरु अगाडि– उपप्रमुख भुसाल


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बागलुङ फागुन ११ ।

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले युवाहरुको शसक्तिकरणको लागी खेलकुद, कलाकारलाई प्रोत्साहन गर्न साँस्कृतिक कार्यक्रम तथा संस्कृतिको संरक्षणको लागी पर्वीय कार्यक्रमहरुमा सामाजिक क्लवहरुले योगदान पुर्याएको भन्दै प्रशंसा गर्नुभएको छ ।शितल युवा क्लव बडिगाड गाउँपालिका वडा नं. २, राक्सेको ५औं वार्षिकोत्सव तथा शिवरात्री मेलाको उद्घाटन गर्दै उपप्रमुख भुसालले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगाएत युवा शसक्तिकरणको लागी खेलकुद क्षेत्रको विकासको लागी काम गरिरहेको भन्दै आगामी वर्षको वजेटमा राक्सेको खेलमैदान स्तरउन्नतीको लागी बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा वडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचनले युवाहरुलाई कुलतवाट जोगिएर सामाजिक अभियानमा एकतावद्ध हुन आह्वान गर्नुभएको छ ।सिर्जनशिल समयमा कुलतमा फस्दा कैयन युवाहरु जोखिममा परेको भन्दै अध्यक्ष शेरचनले क्लवले गरेको रचनात्मक कार्यको प्रशंसा गर्नुभएको छ । कार्यक्रममा स्थानिय सामाजिक अगुवाहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लोक गाएक राजन कार्कि, मिलन सापकोटा, किरण विसि, पुरन घर्ति लगाएतका कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

कार्यक्रम क्लवका अध्यक्ष फारम थापाको अध्यक्षता, शिवलाल पोखरेलको स्वागत मन्तव्य तथा सचिव दिपक घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । ३ दिन सम्म चल्ने मेलामा खुल्ला भलिवल, रेकर्ड नृत्य सहित विभिन्न कलाकारहरुको जमघट रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend