साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी फागुन ११।
गुल्मीको गुल्मी दरवार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आइतबार तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको छ ।
दुर्घटनामा नेपाल बिद्युत प्राधिकरण गुल्मीमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोक बहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवंर र सेर बहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले बताए । उनीहरु सवैको उद्धार गरेर उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको घलेले बताए ।
प्राधिकरणको टोली जुहाङ खैरेनीको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मतको लागि हिडेको प्राधिकरणका प्रमुख नारायण प्रसाद अर्यालले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend