logo
  • शनिबार, कार्तिक २२ २०८३

नेपालको राजनितिले संस्कार सिकाउन सकेन– डा. भुसाल


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल,बागलुङ फागुन १० ।

उद्यमशिल विकासका अभियानता डा. दामोदर भुसालले नेपालको राजनितिले संस्कार सिकाउन नसकेको टिप्पणी गर्नुभएको छ ।अनुरोध प्रगतिशिल युवा क्लव मुसिकोट नगरपालिका वडा नं. १ अरेवाको २० औं वार्षिकोत्सव तथा महाशिवरात्री मेला २०७६ को अवसरमा गरिएको विद्यार्थीहरुलाई पोषाक वितरण कार्यक्रममा डा. भुसालले नेपालमा राजनैतिक परिवर्तन भएको तर राजनैतिक दलहरुले हरेक मानिसलाई कित्तावन्दि गर्दा हरेक संघ संस्था स्थानमा नैतिक संकट देखिएको बताउनु भएको छ । जुनसुकै ठाउँमा सवैलाई आफैले जित्नुपर्ने संस्कारको विकास भैरहेको भन्दै डा. भुसालले राम्रो, असल वा उत्कृष्टलाई नस्वीकार्ने प्रवृत्ति विकास भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । क्लवले वार्षिकोत्सवको अवसरमा भगवति आधारभुत विद्यालय मुनपा १, बांगेका ३५ जना विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको थियो ।सो कार्यक्रम क्लवका अध्यक्ष मृगेन्द्र हितानको अध्यक्षता, शक्तिराज घिमिरेको स्वागत मन्तव्य एवं लालु गिरिको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा खुल्ला भलिवल प्रतियोगीता, खुल्ला रेकर्ड नृत्य प्रतियोगीता चलिरहेको छ। कार्यक्रम आज सनिवार सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend