साझा नेटवर्क
कमल पौडेल,बागलुङ फागुन ९ ।
बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरको दमारमा आगलागी हुँदा धन बहादुर वि.क.को गोठ जलेर नष्ट भएको छ ।
स्थानियहरु तत्कालै उद्धारमा जुटेको कारण पशु चौपया सहित मानविय क्षती हुन वाट वँचेको प्रहरी चौकी खर्वाङका प्रमुख मान वहादुर कार्किले बताउनु भएको छ । उद्धारको लागी प्रहरी सहायक निरिक्षक मान बहादुर कार्कि सहित स्थानियहरुको व्यापक उपस्थिति रहेको थियो । आगलागी वाट करिव ३० हजार वढिको क्षति भएको प्रहरीले जनाएको छ ।
मध्यान्न १२ वजे तिर लागेको आगो करिव ३ घण्टापछि पूर्ण नियन्त्रणमा आएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend