logo
  • शनिबार, कार्तिक २२ २०८३

डान्सिङ स्टार विजेता कार्कीद्वारा पुरस्कारको केही रकमबाट बालबालिकालाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सिर्जना आचार्य,कपिलवस्तु फागुन ८ ।

प्रदेश ५ स्तरीय डान्सिङ स्टारको उपाधि चुम्न सफल युना कार्कीले प्राप्त गरेको केहि रकम वालवालिकाहरुमा खर्चिकएकी छिन् । छमछमी कला केन्द्रद्धार आयोजित प्रदेश स्तरीय डान्सिङ स्टारमा विजेता बन्न सफल कपिलवस्तुकी कार्कीले आफुले प्राप्त गरेको रकमबाट वालवालिकालाई कपडा प्रदान गरेकी हुन् ।उनले जनता माध्यमिक विद्यालय पिपराका ६५ जना वालवालिकाहरुलाई कपडा वितरण गरेको उनकी आमा शान्ती कार्कीले बताईन् । आफुले पाएको मध्ये केही रकमबाट वालवालिकाहरुलाई केही सहयोग गर्न पाउँदा अझ हौसला प्रदान भएको विजेता कार्कीले बताईन् ।
कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष तथा विद्यालयका अध्यक्ष विष्णु प्रसाद पौडेलले सानो उमेर देखिनै सामाजिक क्षेत्रमा लागेकोमा खुसी व्यक्त गर्दै थप हौसला प्रदान गरे । वडाध्यक्ष पौडेलले प्राप्त गरेको रकमले वालवालिकाको ओठमा खुसी ल्याएको भन्दै सफलताको शुभकामना दिएका थिए ।

त्यस्तै उनकी आमा शान्ती कार्कीले छोरीलाई हौसला प्रदान गर्दै उदाहरणीय कार्य गरेको बताईन् । कार्यक्रममा विद्यालयका प्रिन्सिपल रमेश पन्थी, लगायत शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजेता कार्कीले नगद रु. १ लाख ११ हजार सहित आकर्षक विभिन्न गिफ्ट प्राप्त गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend