logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा शनिवार दिनभर बिद्युत अबरुद्ध हुने


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी फागुन ८ ।

गुल्मीमा शनिवार दिनभर बिद्युत अबरुद्ध हुने भएको छ । जिल्लाको बिरवास देखि तम्घास क्षेत्रमा बुश कटिङ्ग लगायत ३३ केभि लाइन मर्मत सम्भारको कार्य गर्ने भएकाले बिद्युत अबरुद्ध हुने गुल्मी बितरण केन्द्र प्रमुख नारायण अर्यालले बताए ।

फागुन १० गते शनिवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मर्मत सम्भारको काम गरिने प्रमुख अर्यालले बताए । बिद्युत मेन लाइनको तार भएको वरिपरि रुख तथा बिभिन्न झाडीले बिद्युत अबरुद्ध गर्न थालेकाले मर्मत गर्न लागिएको बितरण केन्द्र प्रमुख नारायण अर्यालले बताए ।

दिनभर मर्मत सम्भार पछि बिद्युत सुचारु हुने नेपाल बिद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend