logo
  • शनिबार, कार्तिक २२ २०८३

कूटनीतिक निकायले पत्रकारलाई धम्की दिनु निन्दनीय काम भएको महास‌ंघको ठहर


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,काठमाडौँ फागुन ७ ।

चिनियाँ राजदूतावासले ‘द काठमान्डू पोस्ट’ मा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको महास‌ंघको ठहर छ । बुधबार विज्ञप्ति मार्फत् महासंघले समाचारप्रति गुनासो गर्ने निकाय हुँदाहुँदै कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने र लाञ्छना लगाउने काम निन्दनीय रहेको बताएको हो । यस्तै,महासंघले पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न समेत माग गरेको छ।

बुधबार नै काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै  सम्पादकहरुले त्यसको भर्त्सना समेत गरेका छन् ।

प्रेस विज्ञप्ति-

श्रोत-कान्तिपुर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend