logo
  • शनिबार, कार्तिक २२ २०८३

७४ बर्षिया बृद्धद्धारा छ बर्षिय बालिकालाई बलात्कार प्रयास


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन ०६।
गुल्मीमा ६ बर्षिय बालिकालाई ७४ बर्षिय बृद्धले बलात्कार गर्न खोजेको खुलेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका २ जुभुङ्गकी बालिकालाई स्थानीय समाजसेवी समेत रहेका ७४ बर्षिया बृद्ध सुबदार केशरसिहं सारुले बलात्कार प्रयास गरेको खुल्न आएको हो ।

पीडित बालिकाकी आमाले आवश्यक कारवाहिको लागि सोमबार जिल्ला प्रहरी कार्यालय, गुल्मीमा उजुरी दर्ता गरेकी छन् । बृद्ध सारु पटक–पटक बालिकाको घरमा आउने र पुसको १८ गते कोहि नभएको अवस्थामा बालिकालाई बलात्कार प्रयास गरेका थिए ।

बालिकाकी आमाले त्यो कुरा थाहा पाएपछि अन्यले दबाव दिएका कारण प्रहरीमा उजुरी दिन सकेकी थिइनन् । तर उजुरीपछि भने बृद्ध सारुलाई प्रहरीले नियन्त्रणमा लिएको वडा सदस्य देवी रानाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend