logo
  • शनिबार, कार्तिक २२ २०८३

दुर्गा भवन मा.वि भुर्तुङमा विद्यार्थीले लगाए ताला


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सज्जन ढकाल,गुल्मी फागुन १ ।

दुर्गा भवन माध्यामिक विद्यालय कालीगण्डकी ७ भुर्तुङ् छापचौरको कार्यालय प्रवेश द्वारमा विद्यार्थीले स्थायी नेपाली शिक्षकको माग गर्दै तालाबन्दी र आन्दोलन सुरु गरेका छन ।लामो समय सम्म नेपाली स्थायी शिक्षक नभयकाले पठनपाठनमा बाधा पुगेको र एस.ई .ई दिने विद्यार्थीलाई पढाईमा असर पुगेको भन्दै  विद्यार्थी आन्दोलित भएका हुन । पटक-पटक भन्दापनी हाम्रो गुनासो प्रति बिद्यालय,ब्यवस्थापन समिती र अन्य सम्बन्धित निकायले चासो नदियको र उदासिनता प्रस्तुत गरेको भन्दै उक्त निकायलाइ दबाव दिन यस्तो उपाय अपनाउन बाध्य भयको एक आन्दोलित विद्यार्थीले बताए ।

श्री दुर्गा भवन माबी छापचौरमा लामो समय देखि स्थायी दरबन्दीमा नेपाली विषय पढाउदै आउनुभयका कमल ज्ञावलि मंसिर १२ गते अनिवार्य अवकास प्राप्त गरे पछि उक्त दरबन्धी खाली थियो । अनिवार्य अवकास निस्केको अढाई महिना हुदापनि शिक्षक नियुक्ति हुन नसक्नु निकै लज्जास्पद र गाउँपालिका शिक्षा शाखाले उदासिनता देखाउनु गम्भीर विषय बनेको विद्यार्थीको मुख्य गुनासो रहेको छ ।गाउँपालिका भरी माबिका स्थायी दरबन्धी २६ रहेका छन ! बर्तमान अवस्थामा यी दरबन्धी खाली रहेका छैनन ।

विद्यार्थीले तत्काल स्थायी नेपाली शिक्षक नियुक्ति गर्नु पर्ने मुख्य माग रहेको छ । स्थायी नेपाली शिक्षक नियुक्ति नगर्दा सम्म ताला बन्दी र आन्दोलन जारी रहने पनि उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend