साझा नेटवर्क
केहरसिंह राना, बाग्लुङ माघ २८ ।
बाग्लुङ जिल्ला गल्कोट नगरपालीका वडा नं ११ रिघामा प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना अन्तर्गत मकै वलक कार्याक्रम सुरु भएको छ आर्थिाक वर्ष २०७६/७७ को मकै प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना अन्तर्गत मकै वलक सुरु भएको हो । उक्त कार्यक्रम अन्तर्गत आज अगुवा कृर्षक तथा मकै वलक सन्चालक समिति र टोल सम्पर्क समितिलाइ एक दिने मकै उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको थियो ।

तालीम रिघा वडा कार्यलयको सभाहल वडा कार्यलय र मनेवा पाटा गरी दुइवाटा ठाउँवाट सम्पन्न भएको वडा अध्यक्ष डम्वर बहादुर श्रिसले जानकारी दिनुभएको छ । तालीममा कृषी ज्ञान केन्द्र पर्वतका कृर्षी प्रचार अधिकृत रामकृष्ण आचार्या र मकै पकेट मकै वलकका संयोजक कपील न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।
सो कार्यक्रमा कृर्षी वलकका अध्याक्ष स्यामलाल विक, सचिव,सह सचिव तथा वलक सन्चाकहरुको सहभागीता रहेको थियो भने वडा अध्यक्ष डम्वर बहादुर श्रिसले तालीमबाट सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्न र मकै उत्पादनलाई बृद्धि गर्नको निम्ती कीसानहरुलाई आग्रह गर्नुभएको थियो ।
साथै कार्यक्रमलाई पनी समावेशि रुपमा सम्पन्न भर्नको निम्ती आग्रह गर्नुभएको थियो । वडा अध्याक्ष श्रीसले कार्यक्रमको तिब्र रुपमा माग सँकलन र योजना कार्यन्वयन गरी अगाडि बढेको जानकारी गराउनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend