logo
  • शनिबार, कार्तिक २२ २०८३

दुःखमा सहकारी : नवप्रतिभा वचत तथा ऋण सहकारीद्वारा राहत वितरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

कमल पौडेल, बागलुङ माघ २७ ।
नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड २, खर्वाङले आफ्ना शेयर सदस्यलाई विभिन्न राहत वितरण गरेको छ। गल्कोट नगरपालिका वडा नं. ११ गब्देघर बस्ने संस्थाको १०८७ नं. को सदस्य ज्ञानु श्रीसको परिवारलाई दुर्घटना राहत बापत २० हजार हस्तान्तरण गरेको हो।

ज्ञानुको यहि माघ १७ गते भिरवाट लडेर मृत्यू भएको थियो। अहिले निजका ३ छोरीहरुले हिन्दु संस्कार अनुरुप किरिया गरिरहेको परिवारले जनाएको छ। सो कार्यक्रममा संस्थाका अध्यक्ष अर्याल सहित प्रवन्धक दुर्गा अर्याल, कोषाध्यक्ष खगिश्वर अर्याल लगाएतको सहभागिता रहेको थियो।

त्यस्तै बडिगाड गाउँपालिका वडा नं. ३ वस्ने संस्थाको ११५४ नं. को शेयर सदस्य सम्झना बुढाथोकीको परिवारलाई मृत्युराहत स्वरुप १० हजार नगद हस्तान्तरण गरेको छ। संझनाको यहि माघ १६ गते मृत्यु भएको थियो। सो कार्यक्रममा संस्थाका अध्यक्ष होमनाथ अर्याल, कोषाध्यक्ष खगिश्वर अर्याल, प्रवन्धक दुर्गा अर्याल लगाएतको सहभागिता रहेको थियो।

यस क्षेत्रकै पहिलो सहकारी नव प्रतिभा वचत तथा ऋण सहकारीले मृत्यु राहत स्वरुप १० हजार र दुर्घटना राहत स्वरुप २० हजार आफ्ना शेयर सदस्यहरुलाई वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend