साझा नेटवर्क
दोहा ।
प्रदेश नं १ समन्वय परिषद कतारको संयोजन तथा परिषद भित्रका ११ जिल्ला संस्थाहरुको आयोजनामा कतारमा आउदो सुक्रबारका दिन मिसाईद स्थित अम्वाज ग्लोवल भिलेजमा दोश्रो हिउँदे उत्सव २०२० सम्पन्न हुने भएको छ । गत बर्ष हिऊदे उत्सब गरेर कतारमै पहिलोपटक फरक पहिचान बनाएको प्रदेश नं १ ले यस कार्यक्रमलाइ विन्टर आउटडोर फेस्टिभल २०२० नामाकरण गरेको छ ।

प्रदेश नं. १ का ११ जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा आयोजना हुने सो कार्यक्रममा साँस्कृतिक प्रस्तुति, विविध धार्मिक तथा सांस्कृतिक झाँकी, पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक दृष्यहरु सहितका स्टलहरु, उद्यमशिलता प्रवद्र्धन तथा जानकारीका लागि विदेशमा रहेर नेपालमा संचालन भईरहेका विभिन्न कम्पनीहरुको विवरण सहितको स्टल आदि राखिने जानकारी अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए ।
कार्यक्रमलाई मौलिकता तथा मनोरंजन दिनका लागि नेपाल बाट दुई गायीकाहरु सृष्टि हिङमाङ्ग र सुनिता कटुवाल कतार आउने भएका छन भने साथमा स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने जानकारी महासचिव निरन नेपालले दिए ।
अतिरिक्त मनोरन्जनका लागि खेलकुदका विभिन्न कार्यक्रमहरु पनि राखिएका छन् । त्यसै गरी कार्यक्रममा भिजिट नेपाल २०२० तथा प्रदेश नं १ का पर्यटकीय स्थलको बारेमा जानकारी तथा प्रचार प्रसार गरिने जनाइएको छ l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend