logo
  • शनिबार, कार्तिक २२ २०८३

भानु माध्यामिक विद्यालय ग्वालिचौरको ५७ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिष पाठक,खर्वाङ माघ २६ ।

भानु माध्यामिक विद्यालय ग्वालिचौरले आफ्नो ५७ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।आज भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडिगाँड गाँउपालिकाका अध्क्षय मेहरसिँह पाइजाले विद्यालयको गुणस्तर विद्धिको लागि शिक्षक विद्यार्थि र अभिभावकको भुमिका महत्वपुर्ण हुने बताउनुभएको थियो । पाइजाले अहिलेको युग प्रविधिको युग भएकको हुँदा तिनै तहका सरकारले प्रविधिक शिक्षामा जोड दिनुप्रर्ने बताउदै गाँउपालिकाले पालिका भित्रका विद्यालयमा गरेको सर्वेक्षणबाट उठेका केहि विषय लागु गर्ने तयारीमा रहेको समेत बताउनुभयो । पाइजाले भन्नुभयो पालिकाभित्रका विद्यालय मर्च गरेर भएतापनि गुणस्तरिय शिक्षा दिनुपर्छ ।

उत्सव २४ गतेबाट शुरुभएको थियो सोे अबसरमा विद्यालयले विभिन्न प्रतियोगिता पनि सम्पन्न गरेको छ । जस अन्तरगत हास्यव्यङग्य प्रतियागितामा करिस्माको समुह प्रथम,पुजा केसीको समुह द्धितिय तथा सन्दीप गौतम तितिृय भएका थिए । अन्तर सदनात्मक छात्रा भलिवलमा गण्डकी सदन प्रथम तथा मेचि सदन द्धितिय भए भने छात्र भलिवलमा महाकालि सदन प्रथम तथा मेचि सदन द्धितिय भएका थिए ।

त्यस्तै खुल्ला रेकड् डान्समा रेशम पाइजा प्रथम, निर्मला परियार र मनिष थापा द्धितिय तथा पुजा खत्री तितिृय, हिसाब दौडमा कक्षा ५ का भागिरथ परियार प्रथम, कक्षा ५ का धन बहादुर गुरुङ द्धितिय तथा कक्षा ५ कै कृष्टी थापा तितिृय भए । उता अन्तर सदनात्मक बादविवाद प्रतियोगितामा रमेश पाइजा प्रथम, अमित खरेल द्धितिय तथा शिखर धिताल तितिृय भए । हजिरी जवाफ प्रतियोगितामा भने गण्डकी सदन प्रथम तथा कर्णलि सदन द्धितिय भए ।

विद्यालयका प्रचार्य केशव खरेलले २०७५।०७६ को वार्षिक प्रतिवेदन, तथा कुल १ करोड ८० लाख ४५ हजार १ सय ३३ रुपैया बराकोे आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । खरेलले गाँउपालिकाको र वडाको तर्फदेखी विज्ञान प्रयोगशाला र करेशाबारी तथा घेराबारको लागि ११ लाख ३९ हजार २ सय ९१ बराको बजेट विनियोजन भएको बताउदै गाँउपालिकाको र वडाको साथ भएमा विद्यार्थिकोलागि दिवा खाजाको पनि व्यवस्था गर्ने योजना रहेको बताउनुभएको थियो ।त्यस्तै कार्यक्रममा पुर्व विद्यार्थि शिवलाल आर्चाय, पौदिटारी आधारभुत विद्यालयका शिक्षक राम चन्द्र खरेल, पुर्व प्रचार्य बालकृष्ण आर्चाय, वडा नं. ५ का वडा अध्यक्षय अर्जुन प्रसाद खरेल, लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताले विद्यालयले देश निमार्णमा आवाश्यक जनशक्ती निमार्ण गरिरहेको र ति जनशक्तीले विभिन्न पदमा रहेको काम गरेको समेत बताएका थिय। साथै उनिहरुले अहिले पुरानो शैक्षिक सिकाइले प्रतिशपर्धा गर्न नसक्ने बताउदै आधुनिक र प्रविधिक शिक्षा दिनुप्रर्ने बताएका थिय ।

कार्यक्रमका अबसरमा एसइइमा ३.३ जिपिय ल्याउने भोजकला घर्ति र शुसिल गौतम तथा कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने सविना घिमिरे र जिवन बोहोरा, भानु अक्षयकोषमा सहयोग गर्ने सहयोगदाता, विभिन्न कार्यक्रममा विजयी भएका विद्यार्थिहरुलाई समेत सम्मान गरिएको कार्यक्रममा शिक्षिकाहरुको नाच निकै रोचक रहेको थियो ।आज समपन्न कार्यक्रममा साहायक प्रर्चाय नेत्र प्रसाद गौतमको स्वागत, शिक्षक टिका पाइजाको समुहको स्वागत गित, व्यवस्थान समितिका अध्यक्षय राम सरण घिमिरेको अध्यक्षता तथा शिक्षक विष्णु आर्चायको संचालनमा सम्पन्न भएको थियो ।

२०१९ सालमा स्थापना भएको विद्यालयमा अहिले नर्सरी देखि कक्षा ४ सम्म अंग्रेजि तथा कक्षा १२ सम्म नेपालि माध्यममा कक्षा भइरहेको विद्यालयमा अहिले ५ सय ५७ विद्यार्थि संख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend