साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
अर्घाखाँची सेवा समाज कतारले आयोजना गरेको तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित लोक तथा दोहोरी गायक कुशल बेल्बासे कतार आइपुगेका छन ।
समाजका अध्यक्ष टेकराज थापा प्रथम उपाध्यक्ष बिष्णु कुँँवर, संस्थाका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार ,सल्लाहकार केदार नाथ भुसाल , महासचिव बाला राम पाण्डे , कोषाध्यक्ष नेत्र प्रसाद आचार्य , कार्यसमिति सदस्य बलु खत्री, बिष्णु केसी, शोभाखर भुसाल, तिलक राम घिमिरे र कार्यसमिति पदाधिकारीहरुले हमाद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेर गायक बेल्बासेलाई स्वागत गरेका थिए ।
समाजले कतारको सहानिया स्थित अल दोसरी (जु) पार्कमा १४ फेब्रुअरी २०२० का दिन आयोजना गरेको तेस्रो बनभोज तथा साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
कार्यक्रमका लागि पूर्ण तयारीका साथ कतार आइपुगेका गायक बेलवासेले उपस्थित दर्शक श्रोताहरुलाई आफ्ना साँगितिक प्रस्तुतीले भरपुर मनोरञ्जन प्रदान गर्ने बताए । सोहि दिन कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भईदिन समेत उनले आग्रह गरे ।
कार्यक्रममा गायिका इन्दिरा शाह तथा स्थानिय कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक केदार भुसालले साझा नेटवर्कलाई जानकरी बताए । समाजले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि सोहि कार्यक्रमालाई निरन्तरता दिएको हो ।
कतारमा स्थापित, बैचारिक, जातिय, जिल्ला स्तरीय संघ संस्थाहरु समाजसेबी, बुद्दजीबी, साहित्यकार, कलाकार तथा पत्रकार सबैमा हार्दिक निमन्त्रणा गर्दै मगर, गैर मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भइदिन पनि समाजले अनुरोध गरेको छ ।



© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend