logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीको सेउघा-बर्बाेट सडक कालाेपत्रे हुने


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी २५ माघ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाकाे सेउघादेखि धुर्काेट गाँउपालिकाकाे बर्बाेटसम्म जाने माेटरबाटाे कालाेपत्रे हुने भएकाे छ । ५ नम्बर प्रदेशकाे भाैतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत जिल्लामा रहेकाे पूर्वाधार विकास कार्यालयमार्फत सडक कालाेपत्रे हुने भएकाे हाे ।

कुल १३ किलोमिटर पिच हुने उक्त सडक कालाेपत्रे गर्नकाे लागि कार्यालयमार्फत टेन्डरकाे सुचना प्रकाशित भइसकेकाे छ । सडककाे साढे पाँच मिटर चाैडा भाग कालाेपत्रे गरिने पूर्वाधार विकास कार्यालय, गुल्मीले जनाएकाे छ । आगामी वैशाख दाेस्राे हप्ताबाट सुरू हुने काम दुई बर्षमा सकिनेछ ।

उक्त सडक ५ नम्बर प्रदेशमै पहिलाे पटक गाँउपालिका पहुँचमार्गअन्तरगत पिच हुन लागेकाे त्यसै क्षेत्रका प्रदेश सासंद दिनेश पन्थीले बताए । सडक पिच भएसँगै सिमाघाट, न्यूनिखर्क, लप्सि, जैसिथाेक, वस्तु, रजस्थल, वाग्ला, हाडहाडे लगायत मदाने र मालिकाका केही भागका नागरिक लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend