साझा नेटवर्क
साझा नेटवर्क , कतार ।
“समाज बिकाशमा प्रबासीको योगदान” भन्ने मुल नाराका साथ सन २००२ मा स्थापित सन्ध्याग्रुप अल्खोर कतारको छैठौं अधिबेशनबाट निर्बिरोध गणेश क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय रहने गरि कार्यसमिती चयन गरेको छ।
संस्थाका का. वा अध्यक्ष गणेश क्षेत्रीको सभापतित्वमा एन आर एन ए (एन सी सी) कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।बिशेष अतिथिहरुमा सन्ध्याग्रुप अल्खोर कतारका प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराई ,बिशेष सल्लाहकार राम प्रसाद पराजुली,सल्लाहकार रामजी अधिकारी रहेका थिए।
सस्थाले कतारमा रहेर पनि नेपाली साहित्यमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै कार्यक्रमका विशेष अतिथी अनेसास कतार च्याप्टरका पुर्ब अध्यक्ष रेगिस्तानी कवि तिर्थ सङ्गम राई लाई खादा तथा सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।त्यसैगरी विभिन्न समयमा संस्थालाई पुर्याउने हुने सहयोगी संस्थाहरु नेपाल प्रबासी तामाङ समाज कतार,नवोदित साहित्य वाचनालय कतार,अनेसास कतार च्यापटर, सङ्घिय लिम्बुवान सामाजिक मंच लगाएत विभिन्न संघ संस्थालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
त्यसैगरी संस्थालाई विभिन्न समयमा सुझाब, सल्लाह र प्रतिक्रिया दिदै सहि बाटोमा हिडाउनु अतुलनिय योगदान पुर्याउनुहुने संस्थाका प्रमुख सल्लाहकार प्रेम प्रसाद भट्टराई , विशेष सल्लाहकार राम प्रसाद पराजुली र सल्लाहकार रामजी अधिकारी लगाएतका ब्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। साथै सांस्कृतिक बिभाग लगाएतका बिभाग अन्तर्गतका कलाकार साहित्यकारुहरुलाई प्रशंंसा पत्र प्रदान गरिएको छ।
सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगातको ७७ औ वाचन डबली समेत रहेको उक्त कार्यक्रममा कतारमा छरिएर रहेका दर्जनौं साहित्यकारहरुमा महेन्द्र खड्का, सेखर बस्नेत,राम जि अधिकारी छेत्री, तिर्थ सङ्गम राई, प्रेम प्रसाद भट्ट्राई लगाएतका ब्यक्तित्वहरुले आफ्नो साहित्यिक प्रस्तुति गरेका थिए।
त्यसैगरी उक्त कार्यक्रममा स्थानीय कलाकार द्वारा सांंगितिक प्रस्तुति रहेको थियो जस्मा पुजा गजुरेल, उज्वल तामाङ लगाएतका कलाकारहरु रहेका थिए। त्यसैगरी कार्यक्रममा मोना कतारका अध्यक्ष तिलु शर्मा, अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापा,नवोदित साहित्य वाचनालय कतारका अध्यक्ष दिलिप पराजुली, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मियाँ, छिमेकी मार्ट लिमिटेड का अध्यक्ष शंखलाल तामाङ,नेपाल प्रबासी तामाङ समाज कतारका सह- कोषाध्यक्ष सुबास तामाङ,लिम्बुवान सामाजिक मंच कतारका देवन लिम्बू,समाजसेबी बिमल सुबेदी, क्रान्ति सिंह, प्रभात त्रिपाठी, तिल बिक्रम थेबे,राम चन्द्र ग्याबा तामाङ, अजिज अली लगाएतका ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथी मोहम्मद मुक्तादा मुसलमानले बोल्दै सन्ध्याग्रुप अल्खोर कतार छुट्टै बिशेषता बोकेको पुरानो संस्था रहेको प्रशंंसा गर्दै जस्ले प्रवासमा रहेर पनि सांस्कृतिक,साहित्यिक र खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाएको सामाजिक रहेको बताउदै सम्पुर्ण कार्यसमितिलाई धन्यबाद तथा थिए। आगामी दिनमा एन आर एन ए( एनसीसी) कतार संग समन्वय र सहकार्य गर्ने बताउदै उर्दु भाषामा कबिता सुनाएका थिए।
अन्त्यमा कार्यक्रमका सभापती गणेश क्षेत्रीले सन्ध्याग्रुप अल्खोर कतारको छैठौं अधिबेशन तथा ७७ औ वाचन डबली कार्यक्रममा उपस्थित भएर सभ्य तथा भब्य रुपमा सफल बनाईदिनु हुने सम्पुर्ण संघ सस्थाका प्रतिनिधिहरु सल्लाहकारहरु,कलाकार,साहित्यकार खेलाडीहरु लगाएत सम्पुर्णलाई धन्यबाद दिदै आफ्नो कार्यकालमा कार्यभार सम्हाली पदिय जिम्मेवारी पूरा गर्नुहुने सम्पुर्ण सदस्यहरुलाई प्रशन्सा पत्र हस्तान्तरण गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने स्वागत मन्तब्य सस्थाका सल्लाहकार रामजी अधिकारी तथा कार्यक्रमको सहजिकरण महासचिब सन्तोष केसी र सह सचिब अर्जुन पौडेलले गरेका थिए।
दोस्रो चरणको कार्यक्रममा सन्ध्याग्रुप अल्खोर कतारको छैटौं अधिबेशनमा अनेसास कतार च्याप्टरका पुर्ब अध्यक्ष साहित्यकार प्रेम प्रसाद भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समितिहरुमा अनेसास कतार च्याप्टरका अध्यक्ष सिताराम थापा,नबोदित साहित्य वाचनालय कतारका अध्यक्ष दिलिप पराजुली रहेका थिए।
जसबाट निर्बिरोध रुपमा गणेश क्षेत्रीको अध्यक्षतामा कार्यसमितिको पहिलो बैठकबाट एक रिक्त पदमा मनोनित गर्ने गरी पन्ध्र सदस्य कार्यसमिती चयन गरेको छ। प्रथप उपाध्यक्ष सन्तोष केसी, द्वितीय उपाध्यक्ष राज रुजाल, महासचिव प्रेम घिसिङ तामाङ, सचिब अर्जुन पौडेल, कोषाध्यक्ष नारायण हमाल, सह कोषाध्यक्ष सन्जिब खाती चयन भएका छन भने सदस्यहरुमा सुबास खनाल, प्रकाश बोहोरा, ज्योती भट्टराई , बिबिशा लुईटेल, भल श्रेष्ठ ,नवराज कार्की र पावेल उपाध्याय निर्बाचित भएका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend