साझा नेटवर्क
सागर भण्डारी, गुल्मी माघ १८ ।
बुधवारवाट सुरु भएको प्रथम गुल्मी मुसिकोट महोत्सव अन्तर्गत शनिवार चौँथो दिनका कार्यक्रमहरु सम्पन्न भएका छन् । गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने नारा सहित सुरु भएको कार्यक्रमको चौथो दिनको कार्यक्रममा मुसिकोट नगरपालिका अन्तर्गतका कक्षा १० सम्मका विद्यालयहरुबीच छात्र छात्र कबड्डी प्रतियोगीताका कार्यक्रमहरु सुरु भएका छन् । भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुती रहेको थियो ।

आयोजक मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत गैरेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि केसीले महोत्सवले मुसिकोट नगरपालिका भित्रका बजार, स्थानीय उत्पादन, कला संस्कृतिको प्रवद्र्धन गर्ने कुरामा विस्वस्त रहेको बताउनुभयो ।
मुसिकोट महोत्सव सफल बनाउन गल्कोट नगरपालिकाको तर्फबाट १ लाख रुपैयाँ सहयोग भएको भन्दै महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो । फरक प्रसगंंमा स्थानीय, प्रदेश र केन्द सरकार गरी तीनै तहका सरकारको समन्वय भएमा मात्रै विकासले गति लिने बताउँदै एकले अर्कालाई दोषारोपण गर्ने परिपाटीको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो भने मुसिकोट उद्योग वाणिज्य सघंका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवि लगायतको उपस्थिति रहेको थियो । आजको सागींतिक कार्यक्रमतर्फ बरिष्ठ लोक तथा दोहोरी गायिक राधिका हमाल, मञ्जु पौडेल, रामचन्द्र चन्द, उज्ज्वल गिरी लगायतका अन्य स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रमको सञ्चालन वाणिज्य सघंका कोषाध्यक्ष गोपिकृष्ण खराल र कलाकार राशि रिजालले गर्नुभएको थियो । महोत्सवको भोलि पाँचौे दिन कबड्डी प्रतियोगीताका कार्यक्रमहरु जारी रहने आयोजकले जानकारी दिएको छ । भने सांगीतिक कार्यक्रम तर्फ राष्ट्रिय कलाकारहरु बम बहादुर कार्की, प्रिति आले लगायतका अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुती रहने महोत्सव प्रचार प्रसार एवं सागींतिक विभाग प्रमुख ज्ञानहरी सापकोटाले जानकारी दिनुभयो ।
आज सम्पन्न मुसिकोट नगरपालिका अन्तर्गतका कक्षा १० सम्मका विद्यालयहरुबीच छात्रा कबड्डी प्रतियोगीतामा ६ वटा विद्यालय सहभागी भएका थिए । जसमध्ये त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ६ कुर्घा भुवाचिदी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसिकोट ५ आँपचौर ईन्दे्रगौँणा फाईनलमा प्रवेश गरेका छन् । भने छात्र तर्फ १२ वटा विद्यालय सहभागी भएका थिए ।
आज सम्पन्न त्रिभुवन माध्यमिक विद्यालय कुर्घा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ईन्द्रेगौँणाबीचको खेलमा त्रिभुवन मावि कुर्घा अघिल्लो चरणमा प्रवेश गरेको छ । बाँकी रहेका खेलकुदका कार्यक्रम भने भोलि हुने बताईएको छ ।
यही माघ २६ गतेसम्म संचालन हुने महोत्सवमा १ सय ५० स्टल राखिएका छन् । स्टलमा स्थानीय कुमाल समुदायले निर्माण गरेका हस्तनिर्मित माटाका भाँडाकुँडाहरु, विभिन्न कृषि उपजहरु, लगायत अन्य स्थनीय खानाका परिकार, र व्यवसायिक स्टलहरु राखिएका छन् ।
त्यस्तै विशेषगरी मुसिकोट नगरपालिकाको पहिचान कफी, नेवार समुदायको पहिचान झिनिया रोटी राखिएको छ । भने कार्यक्रम अवधीभर विभिन्न जातीय भेषभुषा, कला र संस्कृतिको संरक्षण गर्न, पुराना र महत्वपूर्ण वस्तुहरुको संरक्षण गर्दै त्यस्ता वस्तुहरुको प्रदर्शन र प्रवद्धन गर्न महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
गुल्मी मुसिकोटको समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार भन्ने नारा सहित आयोजना गरिएको महोत्सवले मुसिकोट नगरपालिका भित्रका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्ने उद्देश्य राखेको मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष सुदर्शन शाक्यले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend