साझा नेटवर्क
साझा नेटवर्क, कतार।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाले स्नेह मिलन तथा सम्मान कार्यक्रम समपन्न गरेको छ। संस्थाका अध्यक्ष शक्ति क्षेत्रीको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सदस्य दुर्गा पंगेनिको प्रमुख आतिथ्यतामा हिजो नज्माको मन्डला रेष्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
संस्थाका प्रथम उपाध्यक्ष शिवराम ढकालको स्वागत मन्तव्य संगै अगाडि बढेको कार्यक्रममा गत मंसिर ६,७ र ८ गते गण्डकी प्रदेशको राजधानी पोखरामा समपन्न ७ औ एतिहासिक केन्द्रिय महाधिबेशन( २०७६ बाट बैदेशिक शाखाहरुको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोका कतार शाखाका संरक्षक समेत रहनु भएका पंगेनीलाई शुभकामना पत्रले सम्मान गरीएको थियो भने प्रदेश न ५ समन्वय परिषद कतारको अध्यक्ष पदेन सल्लाहकार रहने गरी बुद्द पाण्डे र समाजसेवि तथा ब्यबसायि बुद्दि भण्डारीलाई सल्लाहकारमा मनोनित गर्दै मनोनित पत्रले सम्मान गरीएको थियो।
सम्मान ग्रहण पछि बोल्दै सल्लाहकार पाण्डेले प्रतिष्ठानसंग प्रदेश न। ५ भित्र रहेका सबै जिल्लाका कलाकारहरुलाई जोडदै फराकिलो र गर्विलो संस्थाको पदमा आशिन रहेको महशुस गर्न आफु आतुर रहेको बताए। भण्डारीले स्थापना काल देखी नै संस्थाका हरेक गतिबिधिमा आफु जोडिएको स्मरण गर्दै हरेक किसिमको सहयोग गर्न आफु तत्पर रहेको प्रतिबद्दता ब्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी पंगेनिले आफ्नो जितको लागी हर सम्भव सहयोग गरेको कतार शाखा लगाएत बैदेशिक शाखा सहित सबै मतदातालाई धन्यबाद दिदै प्रत्यक्ष दोहोरी फोहोरी भओ भनेर धेरै जनगुनासा बढे पछी केन्द्रले केहि निती नियम तर्जुमा गरीरहेको जानकारी दिए ।
संस्थाका सचिव तिलु शर्मा पौडेलले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति क्षेत्रीले संस्थालाई फराकिलो र गर्विलो बनाउन सबै कलाकार अटने संस्था बनाउन आवश्यक रहेको बताउदै मनोनित तथा सम्मानित हुनु भएका सबैलाई बधाई दिदै कार्यक्रम सफल बनाउन पाल्नु भएका सबैलाई धन्यबाद ज्ञापन गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend