logo
  • शनिबार, कार्तिक २२ २०८३

चिसो छल्न रुकुम(पुर्व) बाट दाङ झरेका दुईसय भेडा मरे


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,दाङ माघ १७ ।

दाङमा दुईसय भेडा मरेका छन् । अज्ञात रोगका कारण पूर्वी रुकुमका उत्तरी भेगबाट ल्याएका दुईसय भेडा मरेका छन् । पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं १ लुकुमका चार जना भेडापालक किसान पनि यो वर्ष भेडालाई चिसोबाट जोगाउन भन्दै आफूहरुले पालेका सयौँ भेडा बाख्रा साथमा लिएर मङ्सिर दोस्रो साता दाङतिर झरेका थिए ।

मङ्सिर १० गते रुकुमबाट हिँडेका उनीहरु पुस २९ गतेमात्रै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँच पोखरीमा आइपुगेको भेडा किसान प्रेमबहादुर पुनले बताए। करिब दुई महिनाअघि प्रेमबहादुरसहित भेडाको बथान लिएर हिँडेका धर्म बुढामगर, धर्मकुमारी पुन र रामकृष्ण पुन रोल्पाको जलजला, भनभने, थामा हुँदै घोराही उपमहानगरपालिका वडा नं १९ को पाँचपोखरीमा आएका थिउ । उनीहरुले रबाट आउँदा करिब ४०० बढी भेडा बाख्रा साथमा लिएर हिडेका थिए । भेडा किसान प्रेमबहादुर पुनका अनुसार उनले १२०, धर्म बुढाले पनि १२० वटा, धर्मकुमारी पुनका ११५ र रामकृष्ण पुनले ११५ वटा भेडा लिएर दाङ आएका थिए ।

चार सय बढी भेडा बाख्रा चराउन हिँडेका ती किसानको भेडाको अवस्था भने अहिले ठीक छैन । केही दिनयता अचानक भेडा मर्न थालेका छन् । बितेको दुई हप्तामा उनीसंगै रहेका भेडामध्ये करिब २०० बढी मरेका छन् । दैनिक सरदर १०÷१२ वटासम्म भेडा मर्ने गरेको प्रेम बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend