logo
  • शनिबार, कार्तिक २२ २०८३

अनेरास्वावियू दिपक माविको भलिवल सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, १७ माघ ।

अनेरास्वावियु दिपक मावि मुल इकाई कमिटीको आयोजनामा खुल्ला मावि स्तरीय भलिवल प्रतियोगीता सम्पन्न भएको छ । माघ १६ र १७ गते दुई दिन प्रतियोगीता संचालन भएको थियो । प्रतियोगीतामा प्रथम पृथ्वी मावि पुर्कोटदह, द्धतिय दिपक मावि भनभने र तृतिय अग्लुङ्ग मावि अग्लुङ्ग भएको छ ।

भलिवल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्नेलाई पाँच हजार, द्धतियलाई तीन हजार र तृतियलाई दुई हजार प्रदान गरिएको थियो । त्यस्तै खुल्ला महिला कुर्चीदौडमा प्रथम अनिता खत्री, द्धतिय बिष्णा घर्ति र तृतिय मनिषा पन्थी भएका छन् । बिजेता सवैलाई प्रमुख अतिथी अनेरास्वावियूका केन्द्रिय सदस्य कासीराम पाण्डेयले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बिशेष अतिथीको रुपमा नेकपा मदाने गाउँकमिटी अध्यक्ष प्रेम केसी र अनेरास्वावियू गुल्मी जिल्ला सहसंयोजक भरत चन्दको उपस्थिती रहेको थियो ।

कार्यक्रम दिपक मावि मुल इकाई कमिटी अध्यक्ष शिषिर भण्डारीको अध्यक्षता, अनेरास्वावियुका केन्द्रिय सदस्य पाण्डेयको प्रमुख आतिथ्यता तथा गणेश भण्डारीको संचालनमा सम्पन्न भएको संगठनका जिल्ला सचिवालय सदस्य रमेश पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend