logo
  • शनिबार, साउन ३० २०८३

हराइरहकाे इजिप्ट एयरको विमान ग्रिसमा दुर्घटनाग्रस्त


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

हराइरहेकाे इजिप्ट एयरको एयर बस ए ३२० ग्रिसको कारपथोस आइसल्याण्ड नजिकै समुद्रमा दुर्घटनाग्रस्त भएको बताइएकाे छ । ग्रिसको नागरिक उड्डयन विभागलाई उद्धृत गर्दै फ्रान्सेली समाचार संस्था एएफपीले यसकाे पुष्टी गरेकाे छ ।
egept
एएफपीका अनुसार ग्रिसको रक्षा मन्त्रालयले विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा उद्धारका लागि दुईवटा विमान पठाएको छ । ५६ जना यात्रु र १० जना चालकदलका सदस्य गरी ६६ जना चढेकाे फ्लाइट एमएस ८०४ को विमान नेपाली समय अनुसार बिहीबार बिहान साढे ६ बजेदेखि हराइरहेकाे थियाे ।

३७ हजार तीन सय मिटर माथिको उचाइमा उडिरहेका बेला विमान राडारसँग सम्पर्क बिहीन भएको हो । विमानमा इजिप्टका ३०, फ्रान्सका १५, इराकका २ र बेलायत, क्यानडा, बेल्जियम, कुवेत, साउदी अरेबिया, अल्जेरिया, सुडान, चाड तथा पोर्चुगलका एक एकजना नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend