logo
  • शनिबार, कार्तिक २२ २०८३

एनएमबि बैंक गुल्मीद्वारा मृत्यु दाबीको १ लाख ३३ हजार १ सय ४० रुपैयाँ भुक्तानी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल, गुल्मी माघ १३ ।

एनएमबी बैंक लिमिटेड तम्घास शाखाले दुर्घटना मृत्यु दाबी बापत १ लाख ३३ हजार १ सय ४० रुपैयाँ रकम भुक्तानी गरेको छ ।दुर्घटनामा मृत्यु भएका अर्घाखाँची छत्रदेब गाउँपालिका ७ का हरि प्रसाद पान्डेयको परिवारलाई रकम हस्तान्तरण गरेको हो । पान्डेयको तम्घास बुटवल सडक खण्ड अन्तरगत गुल्मी दरवार गाउँपालिकाको गैंडाकोटमा भएको दुर्घटनामा मृत्यु भएको थियो ।

बैंकका ५ नं प्रदेश म्यानेजर दिबिर बिक्रम शाह र शाखा प्रमुख प्रबिन अधिकारीले मृतक पान्डेयकी श्रीमती रोमा पान्डेलाई दुर्घटना बिमा बापतको रकम भुक्तानी गरेका थिए । मृतकले एनएमबि बैंकमा तलब खाता सन्चालन गरे बापत सो रकम बैंकले रकम उपलब्ध गराएको हो ।

बैंकमा कर्मचारी हरुको लागि निशुल्क तलब खाता संचालन गर्न सकिने र सो खाता संचालन गरे बापत बैंकले ७ लाख सम्मको नि शुल्क दुर्घटना बिमा गरि दिने बैंकका तम्घास शाखा प्रबन्धक प्रबिन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend