साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ १३।
गुल्मीमा स्मार्ट फोनको टावरमा आगोलागी भएको छ। धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलमा रहेको टावरमा अज्ञात पक्षद्धारा आगोलागी भएको हो।


गएराती ताम्राकारका अनुसार राती करिव ११ बजे आगोलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। टावरको ओडि बक्स पूर्ण रुपमा जलेकाले स्मार्ट फोनको नेटवर्क अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताउनु भयो ।
घटना स्थलमा बस्तु प्रहरीचौकीबाट प्रहरी पुगेको छ । करिव पाँच बर्षदेखि धुर्कोट कोट नजिकै स्थानीय कमल थापाको बारीमा स्मार्ट फोनको टावर राखिएको थियो। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।कोटमा अन्य संचार माध्यमका टावर तथा संचार उपकरण भएपनि कुनै क्षति भएको छैन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend