logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीमा अनुदानको बेथिती कृषि अनुदानको टयाक्टर ठेक्का पट्टामा


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

टोपलाल अर्याल,गुल्मी माघ १२ ।

प्रदेश ५ का विभिन्न जिल्लामा कृषि अनुदान दुरुपयोग भएका खबर पटक–पटक नआएका होइनन् । त्यो क्रम अझै रोकिएको छैन् । पछिल्लो उदाहरण मानेचौर बहुउदेश्य कृषि फर्म हो ।गुल्मीको धर्कोट गाउँपालिका वडा नं ७ को यो कृषि फर्मले प्रदेशबाट ५० प्रतिशत अनुदानमा प्राप्त गरेको टयाक्टर ठेक्का पट्टामा प्रयोग गरिएको छ । यो फर्म संचालन भएको चैतमा दुई बर्ष हुन्छन् । कृष्ण घिमिरे, हरि भट्टराई, मधु पन्थी र नविन श्रेष्ठले संयुक्त रुपमा बहुउदेश्य कृषि फर्म मार्फत विभिन्न कृषि कर्म गरिरहेका छन् ।

कृषकको मागको आधारमा प्रदेश ५ को भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि प्रयोजनको लागि गत असारमा कृषि फर्महरुलाई टयाक्टर वितरण गरेको थियो । सोहि कार्यक्रम अन्तरगत प्राप्त ट्याक्टर मानेचौर बहुउदेश्य कृषि फर्मका संचालकहरुलेनै ठेक्कामा प्रयोग गर्दै आएका छन् ।

फर्म संचालककै ठेक्का

सुनिल समिर निर्माण सेवाले मालिका गाउँपालिका ७ को सिलादी–घमिर मोटरबाटोको स्तरउन्नती गरिरहेको छ । सो सडकको वालको पेटी ठेक्काको रुपमा फर्मका संचालक कृष्ण घिमिरे र हरि भट्टराईले लिएका छन् । वालको लागि खोलाबाट ढुङ्गा बोक्न टयाक्टर प्रयोग गरिरहेको स्वय फर्मका संचालक तथा निर्माण व्यावसायी हरि भट्टराईले स्विकार गरे ।

उनले आफुहरुले पनि ५० प्रतिशत लगानी गरेकाले ठेक्काको काममा लगाएको बताए । ‘मेसिनरी समान रोकेर के गर्ने, त्यसैले प्रयोग गरेका हौ,’उनले भने,‘त्यसबाट किस्ता र ड्राइभर पालेका छौ ।’ अर्का कृषि फर्म संचालक कृष्ण घिमिरेले प्रदेशले ५० प्रतिशत अनुदान दिएकै भरमा अन्यत्र प्रयोग गर्न नपाइने भए फिर्ता लैजान समेत चुनौति दिए । आफुहरुले साढे दुई सय बढि रोपनी खेतमा टयाक्टरको काम सकेपछि मात्रै ढुङ्गा बोक्ने काममा प्रयोग गरेको बताए ।

ठेक्का लगाउन दिएका छैनौ : प्रवक्ता

प्रदेश ५ को भुमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयल प्रवक्ता तथा बरिष्ठ कृषि विकास अधिकृत बिनोद घिमिरेले कृषि प्रयोजनलाई दिएको टयाक्टर ठेक्का पट्टामा प्रयोग गर्न नमिल्ने बताए । उनले फर्महरुले कृषि कर्मकै लागि माग गरेकाले जति प्रतिशत लगानी गरेपनि अन्यत्र प्रयोग गर्न नहुने बताए ।

घिमिरेले केहि ठाउँमा ५० प्रतिशत लगानी गरेकै भ्रमममा दुरुपयोग गरेका सुचना पाए लगतै अनुगमन गरिएकाले केहि दिनमै पत्र काटिने बताए । ‘मन्त्रालयसंग फर्मले गरेको सम्झौतामा कतै समस्या छैन, टयाक्टर कृषि कर्मकै लागि दिएका हौ,’उनले भने,‘सवै सचेत बन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend