साझा नेटवर्क
साझा नेटवर्क,कतार।
“समाज बिकाशमा प्रबासीको योगदान” भन्ने मुल नाराका साथ सन २००२ मा स्थापित भएको बिसुद्ध सामाजिक सस्था सन्ध्या ग्रुप अल्खोर कतारले आगामी ३१ जनवरी २०२० शुक्रबारका दिन आफ्नो छैटौं अधिबेशन गर्ने भएको छ।
सस्थाका तीन बिभागहरु छन जसमा साङ्गितिक, साहित्यिक र खेलकुद। कतारमा कार्यरत हजारौ नेपालीहरुको साझा सस्थाको रुपमा स्थापित संस्था जाती, धर्म, बर्ण, क्षेत्र नभई बिशुद्ध नेपाली साझा सस्था हो। यस सस्थामा पुर्ब मेची देखि पश्चिम महाकालीसम्मका जो कोही नेपाली पनि सदस्य बन्न सक्ने प्रबर्द्धन रहेको समाजले जनाएको छ।
“साहित्य जीवन जगतको दर्पण हो” भन्ने मुल नाराका साथ स्थापित सन्ध्याग्रुप अल्खोर कतारको साहित्यिक बिभागले विभिन्न समयहरुमा बिशिस्ट ब्यक्तित्वहरु सङ्ग भेटघाट तथा सम्मान कार्यक्रम गर्नुका साथै नियमित मासिक वाचन डबली गर्दै आएको छ।
यहि आउदो ७७ औ वाचन डबलीको अवसर पारेर छैटौं अधिबेसन गर्ने सस्थाका कार्यबहाक अध्यक्ष गणेश क्षेत्रीले बताएका छन। सन्ध्याग्रुप अल्खोर कतार तीन ओटा बिभाग मार्फत प्रबासमा रहेर पनि सांस्कृतिक, साहित्यिक र खेलकुद को क्षेत्रमा संरक्षण सम्बर्द्धन, प्रबर्द्धन र उत्थानका लागि खोलिएको सस्था हो।
अधिबेसन कतारको दोश्रो सुन्दर शहर अल्खोरमा दिउसोको १२:०० देखि बेलुका ५:०० सम्म हुने बताईएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend