साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी माघ ७।
कालीगण्डकी गाउँपालिका २ अर्वेनीमा ०७३ सालमा रत्न बहादुर विक अध्यक्ष रहेको उपभोक्ता समितिले अर्वेनी–देउराली हुँदै कोटसम्म करिव पाँच किलोमिटर सडक उधारोमा खन्यो।
स्थानीयसंग तेलको पैसा उठाए समितिले लक्ष्मीपति न्यौपानेको डोजर मार्फत सडक निर्माण गरे । त्यतिवेला समितिलाई तत्कालिन कृष्ण छन्तेलको संसद विकास कोषबाट बजेट खर्च गर्ने आश्वासन थियो । तर विवादले रकम परेन । मितिसंग अहिले २० लाख ८० हजार क्रृण छ । त्यो क्रृण असुल्न समितिकै मिलेमोतोमा डोजर लगाएर अर्वेनीको दुई स्थानमा सडक भत्काइएको हो ।
निर्माण व्यावसायी लक्ष्मीपति न्यौपानेले बर्षौ सडक निर्माण गरेको पैसा नपाएको झोंकमा भत्काएको बताए । उपभोक्ता समितिका सदस्य अर्का लक्ष्मीपति न्यौपानेले तेलको रकम पनि स्थानीयसंग सापटी मागेर चलाएको बताए । उनले वडाध्यक्षले कुनै सहजीकरण नगरेको कारण समस्या आएको बताए ।
गैर कानुनी हर्कत
कानुन अनुसार उधारोमा कुनै काम गर्न पाइदैन् । तर उपभोक्ता समितिले २० लाख बढिको सडक खने । आर्थिक बर्ष ०७४/०७५ मा सोहि सडकको स्तर उन्नती गर्न १० लाख गाउँपालिकाबाट बिनियोजन भयो । समितिले पाँच लाखको काम गर्ने र पाँच लाख पुरानो क्रृण तिर्ने प्रस्ताव गरे । वडाध्यक्ष देवि न्यौपानेले पुरानो क्रृण तिर्ने काम गैरकाननुनी भएकाले प्रस्ताव अस्विकार गरे । अन्तिममा बजेट फ्रिज भयो । ‘मैले क्रृण तिर्न गैरकानुनी काम गर्ने कुरा भएन त्यसैले सिफारिस रोके,’न्यौपानेले भने,‘त्यो स्थानीय तह पहिलेको काम हो ।’ त्यतिबेला समिति पनि एकलौटी निर्माण गरिएको र त्यो सडक निर्माणको कुनै हिसावकिताव सार्वजनिक नभएको स्थानीयले गुनासो गरे । उपभोक्ता समितिका अध्यक्ष पनि अक्षरनै नचिनेका स्थानीय रत्न बहादुर विकलाई बनाएर काम गरिएको स्थानीयले बताए ।
भुक्तानीको नयाँ सेटिङ्ग
बिवादित सडकसंगै जोडिएर अहिले अर्वेनी रिङ्गरोडको लागि एक करोड २२ लाख बिनियोजन भएको छ । निर्माण व्यावसायी लक्ष्मीपति न्यौपानेले आफ्नो पुरानो पैसा उठाउन त्यो क्षेत्रमा आफुले टेण्डर पाउनुपर्ने प्रस्ताव गरे । न्यौपानेले त्यो काम आफैले पाउन अर्को निर्माण व्यावसायी टण्डन कन्ट्रक्सन व्यावस्थापकलाई पाँच लाखको चेक समेत दिएको आरोप लगाए । तर काम टण्डन कन्ट्रक्सनलेनै थाल्यो । न्यौपानेले आफ्नो पैसा उठाउन अनेक बखेडा झिकेर गलत आरोप लगाएको टण्डन कन्ट्रक्सनका व्यावस्थापक कुल बहादुर टण्डनले बताए । लक्ष्मी पतिले आफुले पुरानो पैसा पनि नपाउने, आएको पैसा पनि फ्रिज गराउने, नयाँ काम पनि नदिने र आफुले काम गरेको करिव पाँच किलोमिटर सडकको स्टिमेट गरेर भुक्तनी पनि नदिएपछि डोजर लगाएर सडक भत्काएको स्विकार गरे । गाउँपालिका प्रमुख बेद मगरले असारसम्म पैसा भुक्तानी गर्ने आश्वासन दिएपछि सडक फेरि संचालन गरेको न्यौपानेले बताए ।
राजनैतिक बिषय बन्यो : अध्यक्ष
कालीगण्डकी गाउँपालिका प्रमुख बेद थापा मगरले सडकलाई राजनैतिक बिषय बनाइएको बताए । उनले करिव चार सय घरधुरी लाभाम्बित हुने सडकसंग कसैको व्यक्तिगत स्वार्थ नभएको बताए । संसद विकास कोषको आशमा समिति क्रृणमा फसेको मगरले बताए । ‘अहिले सडक संचालन ग¥यौ, भुक्तानी नपाएको झोंकमा सडक खनेछन,’उनले भने,‘कुनै निकास निकालौला भनेर सहमती गरेका हौ ।’ कालीगण्डकी गाउँपालिकामा क्रृणमा खनेका सडकहरु धेरै छन् ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend