साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गुल्मी सेवा समाज कतारले राष्ट्रिय कलाकारलाई सम्मान गरेको छ । नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको माध्या सकरटी (सार ल्हेस) २०७६ कार्यक्रममा नेपालबाट कतार आएका कलाकार द्वय लोकदोहोरी गायिका निर्मला थापा मगर र मोडल तथा डान्सर अस्मिता रानालाई सनिबार एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

सनिबार कतारको नज्मा स्थित गोर्खा रेस्टुरेन्टमा नेपाल मगर संघ शाखा कतार, गुल्मी सेवा समाज, राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखा र स्याङ्गजा सेवा समाजको संयुक्त आयोजनामा कलाकारलाई खादा तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा मगर संघ कतारका अध्यक्ष विजय मगर तथा पदाधिकारीहरु,गुल्मी सेवा समाजका अध्यक्ष एवम् पदाधिकारीहरु, स्याङ्गजा सहयोग समाजका अध्यक्ष अज्मत अलि एवम् पदाधिकारीहरु तथा राष्ट्रीय लोक तथा दोहोरी गित प्रतिस्ठान कतार शाखाका अध्यक्ष शक्ति क्षेत्री एवम् पदाधिकारीको उपस्थिति रहेको थियो ।

सम्मान ग्रहण गर्दै कलाकार द्वयले प्रदेशी भुमि कतारमा आएर विभन्न सस्थाहरु र व्यक्तिहरुले दिएको मायाले खुशी भएको बताउदै मगर संघ कतार शाखा र सम्मान गर्ने सबै सस्थालाई धन्यवाद दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend