साझा नेटवर्क

शोभाखर पन्थी
अर्घाखाँची माघ ४ गते । राष्ट्रियसभाका सदस्य चन्द्र बहादुर खड्का उज्वलले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनु भएको छ ।
लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड लुहेस्को अर्घाखाँचीको ११औं वार्षिक साधारण सभाको सन्धिखर्कमा उद्घाटन गर्दै उहाँले सुबिधा सम्पन्न अस्पताल र गुणस्तरीय शिक्षाको निम्ति मानिसहरु बसाइँसराइ गर्ने गरेको भन्दै जिल्लामा सुबिधा सम्पन्न अस्पताल र गाउँ गाउँमा गुणस्तरीय शिक्षाको बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।
अझै पनि कतिपय निजि क्षेत्रबाट सञ्चालित संस्थाहरु सिर्जनशीलताको कमीका कारण संस्थाको विकास हुन नसकेको भन्दै संस्था विकासको लागि सबै एकजुट हुनूपर्ने बताउनुभएको थियो ।
नेकपा नेता समेत रहनुभएका खड्काले देशका ७७ वटै जिल्लामध्य अर्घाखाँची जिल्ला हावापानी र भौगोलिक संरचना पुर्वाधार निर्माण कृषि पशुपालन को दृष्टिले समेत सुगम मानिएता पनि स्वास्थ्यका दृष्टिकोर्णले केही असहजता पैदा भएकोले स्वास्थ्य संस्थाको विकासको लागिे संघीय सरकार प्रदेश सरकार स्थानीय सरकारमा जिम्मेबारी भुमिका खेल्ने बर्तमान सरकारले आमुल परिबर्तनको निम्ति नेतृत्वदायी भुमिका खेल्ने समेत जिकिर गर्नभयो ।
कार्यक्रममा औषधी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष प्रेमबहादुर पछाई, क्यानसर रिलिज सोसाइटी तथा अर्घाखाँची हस्पिटल प्रालीका अध्यक्ष नारायण प्रसाद पौडेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसि प्रदेश सदस्य शोभाखर पन्थी लगायत का वक्ताले कार्यक्रममा मन्तब्य राख्दै शिक्षा स्वास्थ्यलाई सरकारले स्वाभित्वमा ल्याउनुपर्ने बताएका थिए ।
कार्यक्रम सस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, सचिव संगिता वेल्वासेको सञ्चालन र कार्यकारी निर्देशक तिलक मिश्रको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट व्यवासायी र एसईइ तथा प्लस टु लेभलमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend