logo
  • शनिबार, कार्तिक २२ २०८३

वर्षातले रुरु महोत्सव प्रभावित स्टलमा क्षती


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अनिल खत्री,गुल्मी माघ ३ ।

दुई दिनदेखि लगातार परेको अबिरल वर्षासँगै खोलाको पानी वढेसँगै रिडीमा चलेको महोत्सवलाई प्रभावित गरेको छ । उद्योग वाणिज्य संघको रिडी शाखा तथा रुरु फ्रेन्डस क्लबले संयुक्त रुपमा आयोजनामा चलेको रुरु महोत्सवको स्टलहरुमा खोलाको पानी पसेसँगै केहि स्टलहरुको सामाग्री बगाएको स्थानीय चिरन्जीवी ज्ञवालीले बताए ।खोलाको कीनारमा रहेका केहि होटलहरुका स्टलहरुमा रहेका सामाग्रीहरुमा क्षती पुराएकाले सबैलाई रातिनै सुरक्षित स्थानमा सारिएको ज्ञवालीको भनाई छ । पानीले अस्तव्यत भएपछि महोत्सवलाई पनि प्रभावित भएको छ । पानी रोकिएपछि मात्रै त्यस स्थानका स्टलहरुलाई व्यवस्थापन गरेर अगाडी बढने अयोजकले जनाएका छन् । तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा १४ वर्ष पछि दोश्रो रुरु महोत्सव सुर भएको थियो । ०६२ सालमा पहिलो महोत्सव आयोजना गरिएको थियो । तर बिभिन्न कारणले महोत्सव गरिएको थिएन् ।

रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखाको आयोजनामा यहि पौष २९ गतेबाट माघ ९ गतेसम्म रुरु महोत्सव सुरु भएको हो । महोत्सवको मंलवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै नेपाल भ्रमण वर्ष र त्यसको प्रभावमा ल्याउनको निम्ति रिडीमा महोत्सव गरिएको हो । महोत्सवको माध्यमबाट रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष राखिएको छ ।रुरु महोत्सवमा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट रिडी आउने गर्दछन् । रिडीमा लागेको मेलासँगै बिभिन्न सामाग्री बिक्रीका लागि २ सय ५० वटा स्टल राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend