साझा नेटवर्क
संघीय गठबन्धनले काठमाडाैंमा अायाेजना गरेकाे सिंहदरवार घेराउ कार्यक्रममा अाफ्ना नागरिक मार्टिन पेवर पक्राउ परेपछि बेलायत सरकारले नेपाल भ्रमणमा रहेका आफ्ना नागरिकलाई राजनीतिक गतिविधिमा संलग्न नहुन सुझाएको छ ।
बेलायत सरकारका तर्फबाट शुक्रबार जारी गरिएकाे ट्राभल एडभाइजरीमा ‘नेपालमा हुने कुनै राजनीतिक गतिविधिमा संलग्न भए जरिबाना वा देश निकाला हुनसक्ने’ भन्दै यस्ता गतिविधिबाट टाढै बस्न सुझाव दिइएको छ ।
नेपालमा नयाँ संविधान जारी भएपछि त्यसको विरोधमा भइरहेका प्रर्दशन र र्याली आकस्मिक रुपमा आयोजना हुनसक्ने र ती हिंस्रक हुनसक्ने भन्दै बेलायतले आफ्ना नागरिकलाई यस्ता गतिविधिबाट टाढै बस्न सचेत गराएको हो ।
काठमाडाैंमा संघीय गठबन्धनले अायाेजना गरेकाे सिंहदरवार घेराउ कार्यक्रममा संलग्न बेलायती नागरिक मार्टिन पेवरलाई सचेत गराउँदै प्रहरीले काठमाडाैस्थित बेलायती राजदूताबासका अधिकारीलाई बुझाएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend