साझा नेटवर्क
साझा नेटवर्क, बुटवल माघ ०२ ।
पाचौं राष्ट्रिय योग दिवसको अवसरमा बुधवार बुटवलमा विभिन्न कार्यक्रम गरिएको छ। लुम्विनी आयुर्वेद चिकित्सालय, पताञ्जली योग समिति नेपाल रुपन्देही, तथा विभिन्न संघ सस्थाहरुले विभिन्न कार्यक्रम गरेका छन । कार्यक्रमहरुमा योगको महत्वदेखि आयुर्वेद क्षेत्रको चर्चा गरिएको छ ।
पताञ्जली योग समितिले गरेको कार्यक्रममा प्रदेश पाचका सदस्य एंव योग प्रशिक्षक विष्णुहरी आचार्यले योगको माध्यमबाट शरिर स्वस्थ्य राख्न सहयोग पुग्ने चर्चा गरे । उनले योगको महत्व बुझन सके र यसलाई ब्यापकता दिन सके पर्यटन क्षेत्रको विकासमा पनि मद्दत पुग्ने बताए ।
कार्यक्रममा जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, इन्दिरा भण्डारीलगायतले योगका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई योग प्रशिक्षक आचार्यले योग प्रशिक्षण दिएका थिए । त्यस्तै बुधबार नै लुम्विनी आयुर्वेद चिकित्सालयमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड नम्वर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालय तहबाटै योग शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका डाक्टर पुष्पराज पौडेल, अस्पतालका प्रमुख डाक्टर नलिननाथ तिवारी, कविराज अधिकृत नरहरी अर्याल, स्वस्थ्य निर्देशनालय प्रदेश पाँचका कविराज अधिकृत जीवन वस्याल, स्थानिय राजु गुरुङलगायतले योग शिक्षा तथा स्वस्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै बुटवल स्थीत जनता माविमा योग शिक्षा प्रदान गरिएको योग प्रशिक्षक आचार्यले बताए । विद्यालयका प्रअ आशा वस्नेत थापाले विद्यालय तहबाटै योग शिक्षा प्रदान गर्दा विद्यार्थीहरुमा सकरात्मक प्रभाव पार्ने बताइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend