साझा नेटवर्क
कुमार अविरल पन्थी, कतार ।
नेपाल मगर संघ शाखा कतारको आयोजनामा माघे संक्रान्ति (सार ल्हेस) पर्व अवसरमा विविध कार्यक्रमको लागि राष्ट्रिय कलाकार द्वय निर्मला थापा मगर र अस्मिता राना मगर कतार आइपुगेका छन ।

संघका अध्यक्ष विजय थापा मगर र कार्यसमिति पदाधिकारीहरु तथा गुल्मी सेवा समाजका अध्यक्ष झबिन्द्र आचार्य लगायतले हमाद अन्तर्राष्ट्रिय विमान स्थल दोहामा स्वागत गरेका थिए । संघले कतारको मिसाइद स्थित अम्बज क्यामपमा १७ जनवरी २०२० का दिन आयोजना गरेको माघ्या सकराटि तथा विविध साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

कार्यक्रमका लागि पूर्ण तयारीका साथ कतार आइपुगेका कलाकार द्वयले उपस्थित दर्शक श्रोताहरुलाई आफ्ना साँगितिक प्रस्तुतीले भरपुर मनोरञ्जन प्रदान गर्ने बताए । सोहि दिन कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित भईदिन समेत आग्रह गरे ।
आधुनिक तथा लोकदोहोरी गायिका निर्मला थापा मगर र मोडल डांन्सर अस्मिता राना मगरको साथमा स्थानिय कलाकारहरुको पनि वेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक नरेश सिंजाली मगरले साझा नेटवर्कलाई बताए । संघले विगतका वर्ष जस्तै माघे संक्रान्ति पर्व निरन्तर रुपमा मनाउदै आएको छ ।
कतारमा स्थापित, बैचारिक, जातिय, जिल्ला स्तरीय संघ संस्थाहरु समाजसेबी, बुद्दजीबी, साहित्यकार, कलाकार तथा पत्रकार सबैमा हार्दिक निमन्त्रणा गर्दै मगर, गैर मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भइदिन पनि संघले हार्दिक अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend