logo
  • शनिबार, साउन ३० २०८३

पत्थरी निकाल्ने लेजर पद्धती प्रति बिरामीको आर्कषण बढयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

गङ्गा भण्डारी, बुटवल पौष २८।
मृगौलाको पत्थरी निकाल्ने लेजर पद्धती प्रति बिरामीको आर्कषण बढेको तिनाउ इन्टरनेशनल हस्पिटल प्रालीले जनाएको छ।
बुटवलमा सञ्चालनमा रहेको तिनाउ ईन्टरनेशनल हस्पिटलले यस क्षेत्रमै पहिलो पटक मृगौलाको पत्थरी निकाल्नका लागि लेजर प्रविधी भित्रायाए सँगइ बिरामी सो सेवा पर्ती आर्कसित भएका हुन। पाँच नं प्रदेशमै पहिलो पटक लेजर प्रविधी भित्र्याएको तिनाउ हस्पिटलले ९ प्रविधी ल्याए संगै सफल उपचार समेत गरी रहेको छ ।

यो प्रबिधिको प्रयोगबाट मृगौलामा पत्थरी निकाल्नको लागी प्वाल पार्न तथा अप्रेशन गर्नु नपर्ने सर्जन सन्जय कुमारले बताउनुभयो। एक दिनमै घर जान सक्ने गरी उपचारमा अत्याधुनिक सामाग्री प्रयोग गरिएका कारण बिरामीको आर्कषण बढेको सन्जयले बताए ।

अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीले बिरामीको चुस्त सेवाका लागि अस्पताल प्रतिवद्ध रहेको समेत बताए । अत्यन्त निम्न,आर्थिक अवस्था भएकालाई सहुलितको ब्यवस्था गरिएको अध्यक्ष जोशीले बताए। आरआइ आरएस बिना अप्रेसन लेजरको माध्यमबाट मिर्गौलाको सर्जरी गरी पत्थरी निकाल्ने विधि हो ।लेजर पद्धतीबाट मिर्गौलाको पत्थरी निकाल्न सफल भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend