साझा नेटवर्क
अजय जेम्स, गुल्मी पुष २६।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीको प्रथम राष्ट्रिय युवा एकता भेला सम्पन्न भएको छ । उक्त संघको जिल्ला संयोजकमा मोहन प्रसाद पाण्डे, सह-संयोजक नारायण चन्द सहित ७१ जनाको जिल्ला कमिटी बनाईएको छ ।

केहि युवा नेताहरुलाई प्रदेशमा सिफारिस गर्ने केहिलाई थप गर्न सकिने नेकपा गुल्मीका संगठन विभाग प्रमुख बालसिंह काउछाले बताउनु भयो ।
राष्ट्रिय युवा संघ नेपाल, गुल्मीको नवनिर्वाचित जिल्ला कमिटीका सदस्यहरुले सपथ खाँदै म समाजवादी समाज र राष्ट्रिय पुजि निर्माणको उद्देश्यलाई ध्यानमा राख्दै अनिवार्य रुपले कुनै न कुनै उत्पादनका कार्यमा जोडिने छु र आफ्नो कमाईको निश्चित प्रतिशत सरकारलाई कर तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तो सपथ खुवाउँदै कडा निर्देशनका रुपमा सो संगठनका केन्द्रिय सदस्य तुलबहादुर अधिकारीले भने– यो सपथ मात्रै होईन, कुनै न कुनै उत्पादन बिना संगठनमा बस्ने कसैलाई छुट छैन् ।
उनले उदाहरणीय किशान बन्छु भन्नुस वा कुनै ब्यवसायी बनेर देखाउछु भन्नु कित निर्माणको क्षेत्रमा काम गर्नुस, अबदेखि उत्पादन वा कुनै ब्यवासय नगर्ने कार्यकर्ता यो संगठनको सदस्य हुन सक्दैन ख्याल गर्नुस् ।
एक कार्यकर्ता एक उत्पादन संगठनको केन्द्रिय नीति रहेको उल्लेख गर्दै उनले आफ्ना छिमेकी र साथी संगिलाई पनि उत्पादन मै जोड्न र कुलतमा लाग्नबाट बचाउन समेत निर्देशन दिए ।
राष्ट्रिय युवा संघ नेपालको प्रथम जिल्ला भेला कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज दिनेश पन्थीले पार्टिका जिल्ला इन्चार्ज सह-इन्चार्ज, प्रदेश कमिटिका सदस्य, जिल्लाका संयोजक सह-संयोजकहरुले युवाहरुसंग छलफल गरी आगामी कार्यक्रमका खाका तयार गरी तुरुन्त जिल्ला कमिटिको बैठक राख्ने र ७१ जनाको कामको बिभाजन गर्ने र जिल्ला कमिटिमा नसमेटिएका युवाहरुलाई समेटेर कमिटिको आकार तयार गर्न निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा बोल्ने नेताहरु क्रमश नेकपाका सचिव वीरबहादुर कार्कीले शुभकामना मन्तव्य राख्दै नेकपाका नितिगत सिद्धन्तलाई बलियो गरी पक्रने र लागु गर्ने दयित्व र कर्तव्य रहेको बताउनु भयो ।
त्यस्तै नेकपा प्रदेश ५ सदस्य बुद्धि जिसीले आजका युवा संघठनका नेताहरुको भुमिकाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो , बालसिंह काउछा , यदु ज्ञवाली , राजेन्द्र विक्रम कुँवर, सन्तोष शर्मा लगायतले पनि युवाहरुलाई उत्पादन र सरकारले सुरु गरेको समृद्धिको अभियानमा लाग्न जोड दिएका थिए । कार्यक्रमको समापन राष्ट्रिय युवा संघका अध्यक्ष मोहन पाण्डेले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend