logo
  • शनिबार, कार्तिक २२ २०८३

दूध विक्री गरेरै वार्षिक तीन लाख आम्दानी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

रमेश विश्वकर्मा,गुल्मी,पुष २४ ।

धेरै युवाहरुको चाहना हुन्छ, छोटो समयमै धेरै पैसा कमाउने । त्यसैले त अधिकांश युवाहरु पैसा कमाउने गतिलो माध्यमको रुपमा वैदेशिक रोजगारलाई नै रोज्ने गर्दछन् । पछिल्लो समय म्यानपावर धाउनेहरुको कमी छैन । तर केही यस्ता व्यक्तिहरु पनि छन् जसले स्वदेशमै पसिना बगाएर मनग्य पैसा कमाउन सफल भएका छन् ।उनीहरुले पशुपालन व्यवसायबाटै राम्रो आम्दानी गर्न सफल भएका छन् । यस्तै मध्येका एक हुन् जिल्लाको रेसुङ्गा नगरपालिका ४ अर्खलेका गुणानिधि भण्डारी । उनी स्वदेशमै पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण बनेका छन् । उमेरले ५९ वर्ष पुगेका भण्डारीले २०६८ सालदेखि व्यवसायिक रुपमा गाईफर्म सञ्चालन गर्दै आएका हुन् । उनले अहिलेसम्म गाईफर्ममा सम्पूर्ण काम स्वयंम् आफैले गर्दै आएका छन् ।

सुरुमा उन्नत जातका ४ वटा ठूला गाईबाट उनले व्यवसाय शुरु गरेका थिए । बुटवलबाट उन्नत जातका प्रति गाई ९५ हजारमा ल्याएका उनको फर्ममा अहिलेसम्म साना ठूला गरी १५ वटा गाईहरु रहेछन् । भण्डारीका फर्ममा दूध दिने ४ वटा, सुत्केरी हुने ८ वटा, अरु बाँकी ३ वटा साना बाच्छा बाच्छी रहेका छन् । फर्ममा होलस्टेन, जर्सी, साइवाल जस्ता उन्नत जातका गाईहरु रहेका छन् ।दैनिक एउटा गाईले २० लिटर भन्दा बढी दूध दिने गरेको भण्डारी बताउँछन् । उनी भन्छन् ‘दूध विक्रीका लागि बजारको कुनै पनि समस्या छैन ।’ दैनिकी करिब ८० देखि ९० लिटर सम्म दूध रेसुङ्गा डेरीमा लैजाने गरेको भण्डारीले बताए । उनले मासिक २४ सय लिटर भन्दा बढी दूध विक्री गर्दै आएका छन् । भण्डारीले खर्च कटाएर मासिक ३० हजार भन्दा बढी आम्दानी गर्दै आएका छन् । वार्षिक ३ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको उनले सुनाए । गाईका लागि आवश्यक पर्ने दानामा बढी खर्च हुने गरेको भण्डारी बताउछन् ।

उनले गाईका लागि पराल, गहुँको चापट, ढुटो छल्दी, हुलाके फाँटबाट खरिद गरी ल्याउने गर्दछन् । दाना मह·ो हुँदा गाईपालक कृषकहरुलाई बढी समस्या हुने गरेको भण्डारीको भनाई छ । भण्डारीले गाईको बाच्छाको व्यवस्थापनमा अत्याधिक समस्या आउने गरेको बताए । ‘बाच्छी जन्मिन्छ भनेर एआई गरियो, तर बाच्छो जन्मिन्छ, बाहिर भनिए जस्तो हुँदो रहेनछ ।’ यस्तो भन्न लाएको मैले गाईपालन गर्दा देखि नै हो तर त्यसो नहुँदो रहेछ उनले भने ।बाच्छाहरु व्यवस्थापन गर्न नसक्दा कृषकहरु समस्यामा पर्ने गरेको भण्डारीले बताए । सरकारले गाईको बाच्छाको व्यवस्थापन गरिदिए गाई पालन गर्ने कृषकहरूलाई सहजता हुने उनी बताउँछन् । सरकारले बाच्छाको मात्र व्यवस्थापन गरिदिने हो भने आफुले २० वटा गाई पाल्ने र २ वर्ष भित्रमा दैनिक ५ सय लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको सुनाए ।

सरकारले दिने अनुदान पनि वास्तविक कृषकहरुले पाउन नसकेको कृषक भण्डारीले गुनासो गरे । उनले वास्तविक कृषकहरुले अनुदान पाउन नसकेको बताउँदै यसलाई व्यवस्थित र प्रभावकारी बनाउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend