logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल पत्रकार महासंघ भारत च्याप्टरको २१ अगस्तमा साधारण सभा हुने


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली भारत श्रावण १६।
नेपाल पत्रकार महासंघ भारत शाखाको शनिवार सम्पन्न महत्वपूर्ण बैठकमा कार्यसमितिको ब्यापक फेरबदल गरेको छ । महासंघ सभापति लोकेश शाह आर्यनको अध्यक्षतामा बसेको बैठकले महासचिव आकांक्षा शाहलाई सल्लाहकारमा स्थानांतरण गरेको छ । बहुमतिय प्रणाली अनुसार नबनियुक्त कार्यसमितिमा महासचिव गोबिन्द पोख्रेल, सचिव ॠषिराम अधिकारी र सहसचिबमा अर्जुन खनाल रहनु भएको छ । महासंघको प्रवक्तामा देबेन्द्र केसी नियुक्त हुनुभएको छ ।

बैठकले भारत भरि छरिएर रहेका नेपाली पत्रकार हरुलाई महासंघ मुख्यधारामा समेटदै मुम्बईमा कार्यरत पत्रकार हरुलाई समेटेर यहि २१ अगस्त को प्रथम “बार्षिक साधारण सभा” गर्ने निर्णय गरेको छ । भारत भरि छरिएका पत्रकार हरुलाई मुख्यधारामा ल्याएर नेपाली पत्रकारिता लाई भारत मा सुसँगठित गरि मिसन पत्रकारिता मा भारत मा कार्यरत नेपाली पत्रकार को पहुंच बढाउनु नै हाम्रो उध्येस्य हो ” बैठकमा बोल्दै सभापति आर्यनले भन्नुभयो ।

बैठकमा भारत भरि छरिएर रहेका श्रमजीवी पत्रकारहरुबाट महासंघ सदस्यताको लागि दरख्वास्त आव्हान गर्दै नवनियुक्त महासचिव गोबिन्द पोख्रेलले भन्नुभयो “पत्रकार मित्रहरु हजुरहरुले आफु कार्यरत मीडियाको नियुक्त पत्र, नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र को दुई वटा प्रमाणित प्रतिलिपि र दुई वटा पासपोर्ट साईजका फोटाहरु सहित आउनुहोस महासंघ भारत च्यापटरमा स्वागत छ।

बैठकले महासंघ सल्लाहकारमा आकांक्षा शाह , खुम गुरुड्ग र ईन्द्रकमल जैरुलाई नियुक्त गरेको छ भने बाबु रोका , भेषराज पौडेल सल्लाहकारमा एथावत रहनुभएको छ । महासंघ सदस्य हरुमा गणेश बिक , ललित सुनार , एन्जिला निरौला , पुजा शाह, बिस्वास शाह र केशवराज पोख्रेल रहनुभएको छ ।

महासंघ उपसभापति, कोषाध्क्षय र सहकोषाध्क्षयमा क्रमस देबेन्द्र कुँवर , बिके कृष्णा र हिमशिखर यथावत रहनु भएको छ ।नबनियुक्त पदाधिकारी हरुले महासंघ भारत शाखा लाई पत्रकारिता मैत्री र जनतामुखी बनाउन आफु सदैव अग्रसर भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
wp_ss_20160731_0004

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend