logo
  • शनिबार, कार्तिक २२ २०८३

बुहारीद्वारा सासुको हत्या 


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

अजय जेम्स, गुल्मी पौष २२ ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिक वडा नम्बर ३ सिमपानी निवासी ७६ वर्षिय कौशीला बिकलाई बुहारी देबि बिक र लक्ष्मी बिकको मिलोमहत्वमा सासुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।
बुहारी २३ वर्षिय देबि बिक र २८ वर्षिय लक्ष्मी बिक मिलेर सुनका गहना लुटने योजनामा सासुको हत्या भएको प्रहरीले जनाएको छ । दुवैजना बुहारीले गत पुस १७ गते सासुलाई गोरु फुकेको योजना बनाई गोठमा लगेर दाउराले हानेर बेहोस बनाएर नाक कानमा लगाएका सुनका गहना लुटेको प्रहरीले जनाएको छ ।

उनिहरुले गहना लुटेर गोरुले हानेर घाइते भएको भन्दै छिमेकीलाई खबर गरेर उपचारको लागि पनि आफुहरु मिलेर गुल्मी अस्पताल ल्याएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटवल स्थित लुम्बिनि प्रादेशीक अस्पताल लगिएको थियो । उपचारको क्रममा बिकको पुस १९ गते मृत्यु भएको थियो । मृतक बिकको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको नभई मान्छेले हानेको जस्तो देखेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा हत्या गरेको खुलेको प्रहरी नायव उपरिक्षक घलेले बताउनु भयो ।

हत्या गर्ने अभियुक्त देबिका श्रीमान बिदेशमा र अर्का लक्ष्मीका श्रीमान घरमै रहेका छन् । हत्या गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend