साझा नेटवर्क
काठमाडौँ,पुष २१ ।
डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ। वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ।
तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ । जसका कारण ५० करोड जनावरको मृत्यु भएको छ। आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ।
अस्ट्रेलियाको सिड्नी, मेलबर्न सहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ। डढेलोले अति प्रभावित भएको न्यू साउथ वेल्सका केही क्षेत्रमा पनि वर्षा भएको छ। तर, अधिकारीहरुले आउँदो बिहीबारदेखि पुनः तापक्रम बढ्ने चेतावनी दिएका छन्।
यस्तै भिक्टोरिया तथा न्यू साउथ वेल्समा भीषण डढेलोका कारण थप संकट आउन सक्ने उनीहरुको भनाई छ। अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ नरहेको न्यू साउथ वेल्स राज्यका प्राइमिएर ग्लाडीस बेरेजिक्लिएनले बताएका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend