साझा नेटवर्क
अजय जेम्स, गुल्मी पुस १९ ।
गुल्मीमा नेपाल अभिभावक महासंघ गुल्मीको प्रथम भेला सम्पन्न भएको छ ।

उक्त भेलाले “सम्पुर्ण अभिभावकको एकता, जीवन उपयोगी शिक्षा आजको आवश्यकता“ भन्ने मुख्य नाराका साथ जिल्लामा पनि अभिभावकहरुको नेपाल अभिभावक महासंघ गठन गरेको छ ।
शनिबार सदरमुकाम तम्घासमा भएको जिल्ला भरिका अभिभावकहरुको प्रथम भेलाले कृष्णराज ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।
जसको उपाध्यक्ष धनेन्द्र शर्मा, महिला उपाध्यक्ष शान्ता पाण्डे, सचिव सञ्जीवनि अर्याल, मिना गौतम, कोषाध्यक्ष भगवती श्रीस, सह–सचिव सन्तराम पोखरेल चयन भएका छ्न ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend