साझा नेटवर्क
अजय जेम्स,गुल्मी पुस १९ ।
गुल्मीमा चौथोे गुल्मी महोत्सव प्रादेशिक औधोगिक एवम् व्यापार मेला २०७६ हुने भएको छ ।

शनिवार गुल्मी उद्योग वाण्ज्यि संघको भवनमा भएको १८औं साधारण सभाको अवसरमा आगामी चैत २१ गतेदेखि वैशाख १ गतेसम्म महोत्सव गर्ने जानकारी दिएको हो ।
भ्रमण वर्षलाई लक्षीत गरी जिल्लामा रहेका धार्मिक एबम पर्यटकीय स्थलहरुको अबलोकन, गुल्मी जिल्लामा उत्पादित कृषि, पशुपालनहरुको प्रर्दशन बजारिकरण र सांस्कृतिक धरोहरुको प्रवद्धनमा टेवा र्पुयाउने उद्धेश्यले महोत्सव आयोजना गरिएको गुल्मी उद्योग वाण्ज्यि संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।
गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा,स्वास्थ्य,कृषि,पर्यटनमा आधारित व्यापारको विकास भन्ने मुल नारा सहित उक्त महोत्सव संचालन गर्न लागीएको आयोजकले बाताए । गुल्मी उद्योग वाणिज्य संघले प्रत्येक २-२ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend