साझा नेटवर्क
अनिल खत्री, गुल्मी पौष १९।
नेपाल रेडक्रस सेसाइटी गुल्मी जिल्ला शाखा सभापतिमा राजेन्द्रप्रसाद श्रेष्ठ चयन भएका छन् । जिल्ला सदरमुकाम तम्घासमा शुक्रवार र शनिवार सम्पन्न ३७ औं साधारणसभा एवम् अबिधेशनबाट श्रेष्ठको सभापतित्वमा १७ सदस्यि जिल्ला कार्य समिति चयन गरिएको हो ।
समितिको ३ जना पदेन सदस्यहरु गरि २० जनाको जिल्ला कार्य समिति रहनेछन् ।जसको उपसभापतिहरुमा कृष्णप्रसाद भण्डारी, राधा पन्थी, मन्त्री लालबहादुर कुँवर, कोषाध्यक्ष ज्ञानहरी सापकोटा, उपमन्त्री महेन्द्रप्रसाद भण्डारी, उपकोषाध्यक्ष बिष्णुप्रसाद भण्डारी लगायत रहेका छन् ।
अबिधेशनमा नेपाल रेडक्रस सेसाइटी केन्द्रिय अध्यक्ष सँजीव थापा लगायत प्रदेश र स्थानिय तहका नेपाल रेडक्रस सेसाइटीसँग आबद्ध सदस्यहरको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सेसाइटी गुल्मीमा बिभिन्न स्थानमा २३ वटा उपशाखाहरु रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend