logo
  • शनिबार, कार्तिक २२ २०८३

स्वर्गद्वारी सन्देशका सम्पादक बिश्वकर्मा सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सीता बि.क प्युठान पुष १९ ।
स्वर्गद्वारी सन्देश राष्ट्रिय मासिक पत्रिकाका सम्पादक राम बहादुर बिश्वकर्मालाई क्रियाशील पत्रकारिता बाट सम्मान गरिएको छ।

निर्माण ब्यबसायि संघको पाचौं बार्षिक साधारणसभा को अबसरमा निर्माण ब्यबसायी महासघका केन्द्रिय अध्यक्ष रबि सिहले प्युठान बाट प्रकाशित हुने स्वर्गद्वारी सन्देश पत्रिकाका सम्पादक बिश्वकर्मालाई उक्त सम्मान प्रदान गर्नुभएको हो।

बिकास निर्माणको क्षेत्रमा समाचारको माध्यमबाट योगदान गरेको भन्दै पत्रकारलाई सम्मान गरेको जानकारी दिँदै सम्मानले पत्रकारलाई सही समाचार सम्प्रेषणमा हौसला पुग्ने सिहको भनाई छ।

त्यसैगरी लामोसमयदेखि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा काम गर्दै आएका जिल्लाका कान्तिपुर कर्मी गिरु प्रसाद भण्डारी ,नेपाल समाचार पत्रका सलिम अन्सारी ,अन्नपूर्णकर्मी केशर रोका, माण्डबी साप्ताहिकका सम्पादक सन्जय रिजाल ,लिस्ने जनसन्चार का सम्पादक दिपा पौडेल ,सिखबर अनलाइनका हरि भण्डारी ,नयाँ पत्रिकाका सागर रिजाल ,हाम्रो एकता साप्ताहि बाट राधिका भुसाल ,रेडियो स्वर्गद्वारीका स्टेशन म्यानेजर बिमल प्रसाद पोख्रेल लाई शनिबार जुम्रीमा प्रशंसापत्रले सम्मान गरेको हो ।

बिकास निर्माण सम्बन्धि सञ्चार माध्यम मार्फत् उजागर गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको निर्माण ब्यबसायी संघका अध्यक्ष पसुपती नारायण नकर्मिले ले भन्नुभयो।”सम्मानले पत्रकारलाई सही समाचार सम्प्रेषणमा हौसला पुग्छ।”

साथै कार्यक्रममा निर्माण तथा सामाजिक सेवाको माध्यमबाट काम गरेको भन्दै जिल्लाका विभिन्न ब्यक्तीलाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend