logo
  • शनिबार, कार्तिक २२ २०८३

गुल्मीको भुर्तुङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

सज्जन ढकाल, गुल्मी पौष १७ ।
पण्डित बेणि माधव पौडयाल प्रतिष्ठान गुल्मी द्वारा हस्तान्तरण गरियको एम्बुलेन्स आज विशेष कार्यक्रम गर्दै भुर्तुङ्ग स्वास्थ्य चौकिका इन्चार्ज गिरिप्रसाद रानालाइ साचो हस्तान्तरण गरियको छ ।

सामाजिक सेवाका लागि समर्पित पण्डित बेणिमाधव पौड्याल प्रतीष्ठान आफ्ना स्वर्गीय पिता तथा सामाजिक राजनैतिक ब्यक्तित्वको नाममा समर्पित रहेको र गाउँमा सेवा पुगोस भन्ने उद्देश्य रहेको पौड्याल परिवार श्रोतले जानकारी गरायको छ ।

साथै अकालमा ज्यान गुमाउन नपरोस भन्दै आफ्नै लगानिमा उक्त एम्बुलेन्स पौष ७,गते पौड्याल परिवारले काठमाडौमा विशेष कार्यक्रम गरि पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाकोहात बाट कालीगण्डकी गाउँपालिका ७ भुर्तुङ्गका वडा अध्यक्ष लोकप्रताब साहलाइ हस्तान्तरण गरेका थिए ।

आजपुनः कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ्ग छापचौरको श्री दुर्गा भवन माबिको प्राङ्गडमा विशेष कार्यक्रम गर्दै भुर्तुङ स्वास्थ्य चौकिलाइ हस्तान्तरण कार्यक्रम सम्पन्न भयको छ ।उक्त कार्यक्रममा वडा अध्यक्ष लोकप्रताव साहको अध्यक्षता गाउँपालिका अध्यक्ष बेद थापाको विशेष आथित्यता रहेको थियो । कार्यक्रमको सन्चालन सुभास चन्द्र गौतमले गर्नु भयको थियो । विशेष गरि स्थानिय जनप्रतिनिधी लगायत जनसमुदायको व्यापक उपस्थिती रहेको थियो ।

ऐतिहासिक,उधारणरिण कार्यको हामी सबैले सम्मान गर्नु पर्छ । विशेष गरि भुर्तुङ्ग बासिको पिडालाइ मध्यनजर गरि स्वर्गिय पण्डित बेणि माधव पौड्यालका पुत्र गोकर्ण ,कृष्ण ,र करुणा पौड्यालले आफ्नो जन्मभुमी प्रती गरेको योगदान इतिहासमा साचि रहने छ ।

यो परोपकारी कार्यले उहाँहरुको देन यश क्षेत्रका जनताका लागि सर्बौपरी हुने, यो योगदान हामिले कदापी बिर्सने छैनो भन्दै प्रारम्भिक नि.मा.बि भुर्तुङ्गका प्रधानाध्यापक डिल बहादुर साहले स्वागत मन्तब्य ब्यक्त गर्नु भयको थियो ।

गाउँपालिका अध्यक्ष बेद थापा, राजनैतिक तथा समाजसेबी ब्यक्तितब धन बहादुर क्षेत्री ,पुण्य प्रसाद गौतम , दुर्गा दत्त गौतम,गोपाल प्रसाद श्रेष्ठ ,कबिराज ढकाल, सन्जय क्षेत्री,गङ्गा केसि लगायत अन्य ब्याक्तित्वले मन्तब्य राख्नु भयको थियो । बिगतका दिनमा धेरै पहल गरियो तर ल्याउन सकियन ,आज हाम्रो सपना पूरा भयको छ ।

सन्चालन गर्दा राम्रो समिती गठन गरि सन्चालन गर्ने छौं । राम्रो गुणस्तरयुक्त सेवा सुबिधा जनतालाई प्रदान गर्ने, गाउँपालिकामा सुबिधा सम्पन्न एक हस्पिटल सन्चालनमा ल्याउनु पर्ने जस्ता बिबिध विषयलाई समेट्दै पौड्याल परिवारलाई हार्दिक बधाइका साथ स्वर्गीय सामाजिक राजनैतिक ब्यक्तित्व स्वर्गीय पण्डित बेणि माधवको स्वर्गबासको कामना गर्दै मन्तब्य ब्यक्त गर्नु भयको थियो ।

श्री दुर्गा भवन मा.बि का प्र.अ पुण्य प्रसाद गौतमले मन्तव्यको क्रममा विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका स्वर्गीय पण्डित बेणि माधव पौडयाललाइ शिक्षा सास्त्री प्लेटो सङ्ग तुलना गर्नु भयको थियो । बिद्यालय बिकास प्रती उहाँले खेलेका भुमिका ऐतिहासमा साची रहेको पनि प्रष्ट पार्नु भयो ।

कसैले अकालमा मर्नु पर्ने छैन । यस्तो जनताको सेवामा सपर्पित उपहार आज सम्म कसैलेपनी नदियको भन्दै “सन्सारमा धन मात्र ठूलो होइन मन पनि हुनु पर्छ “भन्दै फरक प्रसङ्ग पनि जोड्नु भयको थियो । बिद्यालयमा गोकर्ण पौड्यालले पण्डित बेणिमाधव पौड्यालको नाममा रु तीन लाखको अक्षय कोष पनि सन्चालन गरिदिनुभयको पनि विशेष मन्तब्यमा बताउनु भयो ।

ने.क.पा गुल्मी जिल्ला कार्यकमिटी सदस्य सन्जय क्षेत्रीले विशेष मन्तब्यमा बोल्दै बिकास पुर्वधारहरुको उचित मेरुदण्ड निर्माण गर्न सके बल्ल यश सेवाले सार्थकता पाउने बताय । उनले भने : हामी माझ शिक्षा स्वास्थ्य,सन्चारका साधनहरु उपलब्ध भयका छन ।

तर सडक सहज नभयकाले एम्बुलेन्सलाई सहज बाताबरण नमिल्ने बताय । सडक सहज भय बल्ल सवारी कुद्न सक्छ । त्यसैले सडक सहज गराउनु आजको टड्कारो आवस्यकता रहेको बताय । यस्तो परोपकारी कार्यको सबैले प्रसम्सा गर्नु पर्ने पनि प्रष्ट पारे ।

प्रमुख अथिती कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापाले विशेष सम्बोधन गर्दै यो क्षेत्र भौगोलिक दृस्ठिमा अत्यन्त बिकट थियो । यश ठाँउमा जन्मनु भएका गोकर्ण, करुणा, र कृष्ण पौड्यालले जुन कार्य गर्नु भएको छ, यो कार्य उदाहरणिय छ । सम्पुर्ण पौड्याल परिवारलाइ धन्यबाद दिन चाहन्छु ।

एम्बुलेन्स प्राप्ति मात्र ठूलो कुरा होइन सहि तरिकाबाट सन्चालन गर्न सक्नु महत्त्वपूर्ण कार्य हो । यो हामि सबैको साझा सम्पती हो । हामी सबै मिलेर यस्को ब्यवस्थापनमा जुट्नु पर्छ । पारदर्शी तरिकाबाट समिती गठन गर्न अनुरोध गर्दै । आगामी दिनमा यस्को बिकासको लागि दिर्घकालिन रुपमा अगाडि जानेछौ, भन्दै पालिकाको तर्फ बाट विशेष धन्यबाद दिदै विशेष सम्बोधन गरेका थिए ।

कार्यक्रमका सभादक्ष लोक प्रताब साहले कार्यक्रमको बिसर्जन गर्दै स्वर्गिय पण्डित बेणि माधव आफ्नो गायत्री मन्तर गुरु समेत रहेको बताए । २०३६ सालको जनमत सङग्रह, बहुदल र निर्दलको बारेमा उहाँ बाट विशेष राजनैतिक प्रशिक्षण ग्रहण गर्न पायको पनि बताए । प्रजातन्त्र उपलब्धिको लागि उहाको राजनैतिक योगदान रहेको पनि प्रष्ट पारेका थिय ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend