logo
  • शनिबार, कार्तिक २२ २०८३

कर्णाली नदीमा जीप खस्दा ४ जनाको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

साझा नेटवर्क,काठमाडौं पुष १७ ।

बाजुराको हिमाली गाउँपालीकाको केन्द्र धुलाचौरदेखि कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा जिप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ ५ गोत्रीका अन्दाजी २५ वर्षीय रमेश शाहीसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए ।

से१च १०६४ नम्बरको जिप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको हो । घाइते ४ जनाको स्वास्थ्य चौकी कोल्टीमा उपचार भइरहेको छ । एकजना नदीमा हराइरहेका उपरीक्षक भाटले जानकारी दिए ।

जीप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अन्य मृतकहरुको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend