logo
  • शनिबार, कार्तिक २२ २०८३

भ्रमण बर्षको पहिलो दिन : गुल्मीमा प्रभातफेरी


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी पुष १६ ।
नेपाल भ्रमण बर्ष २०२०’ को पहिलो दिनको अवसरमा गुल्मीमा प्रभातभेरी गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना तथा रुरुक्षेत्र गाउँपालिकाको सह–आयोजनामा जिल्लाको प्रवेशद्धार रुरुक्षेत्र गाउँपालिकाको रिडीमा गरिएको प्रभातफेरी कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा स्थानीय समुदायका सँस्कृति झल्कने बाजा र नृत्यसहित विद्यार्थी, शिक्षक, विभिन्न महिला सुमह तथा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । ५ नम्बर प्रदेशका विशेषाधिकार समिति सदस्य कमलराज श्रेष्ठले जिल्लामा भ्रमण बर्षको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले रिडीमा ५५ करोडको लागतमा पर्खाल बनाउने योजना रहेको बताए । त्यसका लागि यो बर्ष नै १६ करोडको कामको टेन्डर हुने उनले बताए । त्यसका साथै उनले रुरुक्षेत्रमा विभिन्न भौतिक संरचना निर्माण गर्ने, जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकिय क्षेत्रहरुको विकास र प्रचार गर्ने पनि सरकारको योजना रहेको सुनाए ।

‘जिल्लामा प्रशस्त सम्भावना बोकेका पर्यटकिय स्थल धेरै छन्, तिनलाई पर्यटकको खाँचो छ ।’ उनले भने, ‘यसका लागि सबैको सहकार्य आवश्यक छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव विर बहादुर कार्कीले पर्यटन बर्षलाई सफल बनाउनका लागि विभिन्न क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुपर्ने धारणा राखे ।

नेपाल काङ्ग्रेसका उपसभापति विष्णु बलालले भ्रमण बर्षलाई उत्पादन र जिविकोपार्जनसँग जोड्नुपर्ने बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले पर्यटक पर्वद्धनका लागि विशेष गुरुयोजना बनाउनुपर्ने बताए ।

जिल्लाको रुरु, रेसुगां, विचित्र गुफा, मदाने लेक लगायतका जिल्लाका धार्मिक एवम् पर्यटकिय क्षेत्रहरुको गुरुयोजना बनाउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले जिल्लामा सूचना केन्द्रको स्थापना, पर्यटकिय स्थलहरुको ब्रोसर र डकुमेन्ट्री निर्माण लगायतका कामहरु जिल्ला समन्वय समितिले अगाडी बढाएको जानकारी दिए ।

कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरु, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend